logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    दुर्घटना अपडेट : ९ जनाको मृत्यु, २३ जना घाइते


    २२ जेष्ठ २०७९ , आइतबार

    दुर्घटना अपडेट : ९ जनाको मृत्यु, २३ जना घाइते

    भैरहवा, २२ जेठ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस रोहिणी पुलमा दुर्घटना भएको छ । आज विहान साढे चार बजे जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस बैकुण्ठपुरस्थित रोहिणी पुलबाट नदीमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा ९ जनाको मृत्यु समेत भएको छ भने २३ जना घाइते भएका छन् ।

    रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाको बीचमा पर्ने रोहिणी पुलबाट नदीमा खसेको उक्त बसमा ३२ जना यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । दुर्घटनामा घाइते भएकालाई प्रहरीले उद्दार गरी भैरहवा स्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचारको लागि पठाएको हो ।

    विहानको समयमा चालक निदाएको कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका कुल प्रसाद बेलबासेले जानकारी दिए । चालक समेत घाइते भएको कारण घटना के कसरी भएको भन्ने विस्तृत जानकारी आउन नसकेको उनले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.