
भैरहवा, २३ जेठ । स्थानीय तह निर्वाचनबाट निर्वाचित ओमसतिया गाउँकार्यपालिकाको पहिलो बैठक सम्पन्न भएको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले विषयगत समिति र बजेट निर्माणसँग सम्बन्धित विभिन्न समितिहरु गठन गरेको छ ।
गाउँपालिकाको कार्यालयमा भएको बैठकले अगामी आर्थिक वर्षको लागि वडागत योजना तथा माग संकलन गर्नका लागि वडा अध्यक्ष र सदस्यहरुलाई परिचालन गर्ने निणर्य समेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौत्तमले बताए । त्यस्तै उक्त बैठकले बजेट निर्माणलाई नै पशिलो प्राथमिकतामा राखि बजेट निर्माण सम्बन्धि ३ वटा र ६ वटा विषयगत समिति गठन गरेको उनले जानकारी दिए ।
साथै कार्यपालिकाको उक्त पहिलो बैठकले पाँच वर्षका लागि पालिकामा योग्य र सक्षम जनप्रतिनिधि छनौट गर्नका लागि सहयोग गर्ने मतदाता तथा पालिकाबासीहरुलाई धन्यवाद ज्ञापन गरेको छ भने अगामी दिनहरुमा साथ सहयोग पनि गरेको छ ।