
भैरहवा, २३ जेठ । नेकपा (माओवादी केन्द्र) रुपन्देही जिल्ला समितिको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरिएको छ । सैनामैनाको त्रिमुर्ति होटेल तथा रिसोर्टमा ४६ जना माओवादी केन्द्रका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा रुपन्देहीको बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, तिलोत्तमा, देवदह, सम्मरीमाई, कञ्चन, गैडहवा लगायतका पालिकामा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको नेकपा माओवादी केन्द्र जिल्ला समिति रुपन्देहीले जनाएको छ । सोहि कार्यक्रमका बीच विभिन्न मन्त्रालयमा चयन हुनुभएका वामदेव क्षेत्री र मुख्यमन्त्रीका स्वकीय सचि , बार एसोसिएसन, कोभिड व्यवस्थापनमा खटिने र खानेपानी लगायतका क्षेत्रमा योगदान पुर्याउनु भएका नेता कार्यकार्ताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री चक्रपाणी खनाल (बलदेव) पार्टीमा भएको गल्ती र कमीकमजोरीलाई सच्याएर पार्टी अघि बढ्ने बताए । उनले स्थानीय तह सदस्य निर्वाचनमा भएको गठबन्धनका विषयमा बोल्दै पार्टीको कार्यनीति र व्यवस्थालाई बचाउनका लागि गठबन्धन गरिएको जानकारी दिए ।
त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका उपाध्यक्ष बामदेव क्षेत्रीले निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिँदै सकारात्मक कार्यदिशा र आफुले चुनावका बेला गरेका प्रतिवद्धताहरुलाई व्यवहारमा लागु गर्नुपर्ने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्श बराल र युवा नेत्री सोनिया यादव लुम्बिनी प्रदेशका दिपा बि.क लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।