logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु


    २४ जेष्ठ २०७९ , मंगलबार

    प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु
    shot from a handgun with fire and smoke

    बर्दिया, २४ जेठ । मधुवन नगरपालिका-२ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको ज्यान गएको छ । सोनहाकी स्थानीय १८ वर्षिया नविना थारुको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका मधुवन नगरपालिकाका सूचना अधिकारी खिमराज पोखरलले बताए ।

    मृतकले नमुना मावि धोधरीमा कक्षा १२ को परीक्षा दिइरहेकी थिइन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।

    मधुवन नगरपालिकाका सूचना अधिकारीका अनुसार सोमबार बिहान ८ बजेतिर खेतमा खनजोत गर्दै गर्दा स्थानीयलाई बाघले आक्रमण गरेको थियो । मधुवन नगरपालिका राजनितिक दलबीच यसबारे बैठक चलिरहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.