अञ्जना चौहान
लुम्बिनी । कृषि बिकास बैंक दयानगर छपियाँ शाखा रुपन्देहीले कृषक तथा व्यापारी विच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलवार जिल्लाको गैडहवा गाउँपालिका वडा नम्बर ६ सुर्यपुरामा व्यवसायी तरकारी उत्पादनमा बैंकले गर्ने सहयोगको बिषयमा अन्तरक्रिया भएको हो ।

कार्यक्रममा स्थानीय क्षेत्रमा सञ्चालित व्यवसायीहरुको व्यापार विस्तारमा पनि बैंकले गर्ने लगानीको विषयमा कृषि बिकास बैंक शाखा कार्यालय छपियाँले जानकारी गराएको थियो ।
कृषक, स्थानीय बासिन्दा,जनप्रतिनिधि र व्यापारी सहभागी अन्तरक्रियामा कार्यक्रममा प्रमुख अतिथि गैडहवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राजकुमार लोधले कृषि बिकास बैंक जनताको विस्वास र भरोसाको बैंक भएकाले कृषिक्षेत्रमा लगानी गर्न बैंकलाई आग्रह गरेका थिए ।
कार्यक्रमका अध्यक्ष तथा कृषि बिकास बैंक शाखा कार्यालय दयानगर छपियाँका शाखा प्रवन्धक गणेश सिंह श्रेष्ठले व्यवसायी तरकारी उत्पादन तथा पशुपालन क्षेत्रमा काम गर्न चाहाना किसानका लागि बार्षिक ३ प्रतिशत ब्याजमा बैंकले रिर्ण उपलब्ध गराउने किसानहरुलाई जानकारी दिएका थिए ।
किसानहरुको उत्पादनमा बढावा दिनका लागि कृषि बिकास बैंक तयार रहेको भन्दै उत्पादन गरेर स्वारोजगार बन्न कृषकहरुलाई शाखा प्रबन्ध श्रेष्ठले अनुरोध गरेका थिए ।
कार्यक्रममा गैडहवा गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य राकेश यादव, श्री गणेश तरकारी उत्पादन कृषक समूहक अध्यक्ष शिव नारायण मौर्य, समाजसेवी ब्राम्हा यादब,किस्मती लोध लगायतले मन्तव्य राखेको थिए । कृषि बिकास बैंक दयानगर छपियाँका सहायक राम गोपाल चिरिमारको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा कृषकहरुलाई कृषिक्षेत्रमा पर्ने समास्या समाधानको विषयमा समेत जानकारी गराईएको थियो ।