logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सरकारी विद्यालयमा शिक्षकको जागिर खाने सुवर्ण अवसर


    २७ जेष्ठ २०७९ , शुक्रबार

    सरकारी विद्यालयमा शिक्षकको जागिर खाने सुवर्ण अवसर

    सुर्यपुरा । रुपन्देहीको गैडहवा गाउँपालिकाको एक सरकारी विद्यालयमा शिक्षकको जागिरको लागि विज्ञापन खुलाइएको छ । गैडहवा गाउँपालिका वडा नं. ३ स्थित श्री जन जागृति माध्यमिक विद्यालयमा विज्ञान विषयको लागि विज्ञापन खुलाइएको हो ।

    विद्यालय व्यवस्थापन समितिको निणर्य अनुसार विद्यालयमा मा. वि. शिक्षण सिकाई अनुदान कोटामा विज्ञान विषयको शिक्षकको आवश्यकक्ता बमोजिम उक्त विज्ञापन खुलाइएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । उक्त पदमा १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका बि. एस. सि. वा सोसरह उतीर्ण भएका नेपाली नागरिकहरुलाई दरखास्त दिन विद्यालयले आह्वान गरेको छ ।

    उक्त पदका दरखास्त दिनका लागि हस्त लिखित निवेदन १ थान, नेपाली नागरिकताको प्रतिलिपि २ थान, अध्यापन अनुमतिपत्र प्रतिलिपिहरु २/२ थान, शैक्षिक योग्यता प्रमाणपत्रहरुको प्रतिलिपि २/२ थान र निवेदन दस्तुर १ हजार सहित विद्यालयको प्रशासन शाखामा सम्पर्क गर्न विद्यालयले अनुरोध गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.