logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    बौद्ध ल्याण्डद्धारा बहिरा बाल विद्यालयमा खेलकुद सामाग्री वितरण


    २७ जेष्ठ २०७९ , शुक्रबार

    बौद्ध ल्याण्डद्धारा बहिरा बाल विद्यालयमा खेलकुद सामाग्री वितरण

    भैरहवा, २७ जेठ । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डले बहिरा बाल विद्यालयमा खेलकुद सामाग्रीहरु वितरण गरेको छ । सक्रिय युवाहरु आवद्ध रहेको उक्त क्लबले शुक्रबार एक कार्यक्रमका बीच बहिरा बाल विद्यालयमा खेलकुद सामाग्री वितरण गरेको हो ।

    क्लबले भलिवल २ सेट, फुटवल १ थान, व्याडमिन्टन ३ थान, क्रिकेट व्याट २ थान, चेस, लुडो, टिटि प्याड, स्किपिङ १० थान लगायतका १ दर्जन बढी खेलकुद सामाग्रीहरु वितरण गरेको वर्ष २१/२२ का क्लबका अध्यक्ष दिक्षा सुनारले बताइन् । उनले क्लबले बोकेको “शिक्षा सबैका लागि” भन्ने मुल नाराका साथ क्लबले खेलकुद सामाग्री वितरण गरेको जानकारी दिइन् ।

    त्यस्तै बहिरा बाल विद्यालयका प्रधानाध्यापक भिम बहादुर थापाले क्लबले गरेको कार्य सराहनीय रहेको बताए । उनले अन्य व्यक्तिको तुलनामा मुखले बोल्न नसक्ने र कानले सुन्न नसक्नेको जीवन आफैमा एक किसिमले कष्टकर रहेको बताए । सामान्य मानिस आफ्नो आवश्यकताका बारेमा अरुसँग खुलेर भन्न सकेतापनि बहिरा व्यक्तिले आफ्नो आवश्यकता अरुका सामु व्यक्त गर्न नसकेको बताउँदै थापाले त्यस्ता व्यक्तिलाई सबैले सहयोग गर्नुपर्ने बताए ।

    उक्त कार्यक्रममा क्लबका अध्यक्ष दिक्षा सुनार, क्लबका पूर्व अध्यक्ष अस्मित लामगाडे, क्लबका उपाध्यक्ष दिपेन्द्र चौधरी, क्लबका सचिव विकास तिवारी, निकिता लामगाडे, ऋतु पाण्डे, सुमन विश्वकर्मा, मनोज कुर्मी चौधरी, जितेन्द्र थारु, केशव चौधरी लगायतको सहभागिता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.