logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सिमामा रोकिए तेल बोक्ने ट्याङकर


    ३० जेष्ठ २०७९ , सोमबार

    सिमामा रोकिए तेल बोक्ने ट्याङकर

    दिव्या क्षेत्री
    जेठ ३०, भैरहवा । भारतीय भन्सार कार्यालयले सिस्टम अपडेट नगर्दा नेपाल आउने पेट्रोलियम पदार्थको टयाङकर शनिबार देखि सिमामा रोकिएको छ । अहिले नेपाल भारत सिमानामा ईन्धन बोकेका गाडीहरुको लाम लागेको छ । भारत देखि पेट्रोलियम पदार्थ आयात हुने सबै देशमा अहिले टयाङकर सिमामा रोकिएको छ ।

    भारतिय भंसार कार्यालयले प्रयोग गर्दै आएको सिस्टम अपडेट गर्ने भनेपनि समयमै नगर्दा नेपाल आउने पेट्रोलियम पदार्थको आयात शनिबार देखि रोकिएको हो । भारतिय भंसार कार्यालयले एडी कोड प्रविष्ट गरेर मात्रै निर्यात दिने व्यवस्था अनिवार्य गरेपछि नेपालका लागि ल्याईएको पेट्रोलियम पदार्थ सिमामा रोकिएको नेपाल आयल निगमको भलवारी डिपोले जनाएको छ ।

    भारतीय भंसारले नै सिस्टम अपडेट नगरिदिदा शुक्रबार देखि नेपालमा कुनै पनि पेट्रोलियम टयाङकर आउन सकेको छैनन् । भारतिय आयल कर्पोरेशनले एडी कोड राख्नु पर्छ, शूक्रबार देखि लागु भएको नयाँ व्यवस्था अनुसार कर्पोरेशनले कोड राख्न ढिला भएको भन्ने जानकारी आएको नेपाल आयल निगम भलवारी डिपोका प्रमुख नव बिनोद पोखरेलले बताए ।

    भैरहवा भन्सार हुदै दैनिक ४० देखि ५० वटा टयाङकर आउने गरेकोमा शनिबार र आइतबार कुनै पनि नआएको भैरहवा भन्सार कार्यालयले जानकारी दिएको छ । आइओसीको सिस्टममा केही परिवर्तन भएकोले आयात रोकिएको छ ।
    भारतिय भंसारले सिस्टम अपडेट गर्दा पुराना एडी कोड हट्ने भएकोले सोही कोडको कन्फर्ममेशन नहुदा अहिले देशभरिका डिपोमा तेल आएको छैन । बेलहिया नाका हुदै आउने लोडेड ७५ वटा डिजल पेट्रोलका टयाङकर सिमापारि नै रोकिरहेको छ ।

    नेपालमा भारतीय आयल कम्पनी(आइओसि) मार्फत तेल आउने गर्छ, भारतिय आइसिर्ई गेट पोर्टलमा बैक, एडी कोड, खाता नम्बर, लोकेशन सहितको डाटा प्रविष्ट गर्नुपर्छ । जसका लागि अनिवार्य रुपमा चालु रहेको खाताको पासवुकको फोटो र खाता वाहकको बैकले जारी गरेको प्रमाण पत्र चाहिन्छ । यि प्रक्रिया अपनाएर आधिकारिक रुपमा दर्ता र अध्यावधिक गर्नु पर्छ ।

    तर पहिला प्रयोग भएको कोड कुन अधिकारीले के प्रयोग गर्यो भन्ने निश्चित नभएकोले पनि भारतमा समस्या आएको बताइएकोे छ । अपडेट भएको सिस्टममा बैंक खाता नम्बर लिंक गराउनु पर्ने हुन्छ । सोही खाता भारतिय भंसारको सिस्टममा लिंक नहुदा समस्या आएको हो । बिराटनगरमा भने अहिले पेट्रोलियम पदार्थको टयाङकर प्रवेश भएको र आज अवेर सम्म भएपनि समस्या समधान हुने जानकारी पाएको नेपाल आयल निगमले बताएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.