
अन्जना चौहान ।
लुम्बिनी । कृषि विकास बैंकद्वारा एम. पी. एस. मेसिन, किसान क्रेडिट कार्ड तथा किसान एप्स वितरण कार्यक्रम सम्पन्न भएको छ । कृषि विकास बैंक शाखा दयानगरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कृषि विकास बैंक दयानगर शाखाले आयोजना गरेको उक्त कार्यक्रम मायादेवी गाउँपालिका वडा नं. ३ को गुण्डा चोक रुपन्देही विकास एग्रो सेन्टरमा सम्पन्न भएको हो । कृषि विकास बैंकले उक्त कार्यक्रममा ९६ सेवाग्राहीलाई किसान क्रेडिट कार्ड वितरण गरेको छ ।
कृषि विकास बैंक लि. लुम्बिनी प्रदेश भैरहवाका सप्लाई चेन अफिसर प्रतिमा पौडेलले किसानलाई सरल र सुलभ तरिकाले सेवा अदान प्रदान गर्न भन्ने उद्देश्यले किसान क्रेडिट कार्ड तथा किसान एप्स वितरण गरिएको बताउनु भएको थियो । सोही कार्यक्रमका बीच कृषि विकास बैंक दयानगर शाखाले विकास एग्रो सेन्टरका व्यवसायी ओम प्रकाश भुजलाई एम. पी. एस. मेसिन हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा कृषि विकास बैंक दयानगर शाखा प्रबन्धक गणेश सिंह श्रेष्ठले खेति किसानी गर्ने सेवाग्राहीलाई लगानीमा विशेष प्राथमिकता दिने प्रतिबद्धता जताएका छन् ।
सोही क्रममा कृषि विकास बैंक दयानगर शाखा कार्यालयका विनोद ढकालको मन्तव्य राख्नु भएको थियो । मायादेवी गाउँपालिका वडा नं. ३ को वडा सदस्य जगरनाथ थारुको प्रमुख अतिथियतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै उक्त कार्यक्रम सञ्चालन राम गोपाल चिरिमारले गरेका थिए ।