logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    मायादेवीमा एसओएस बालग्राम सम्बन्धी जनचेतना कार्यक्रम


    १ असार २०७९ , बुधबार

    मायादेवीमा एसओएस बालग्राम सम्बन्धी जनचेतना कार्यक्रम

    भैरहवा, १ असार । रुपन्देहीको मायादेवी गाउँपालिकामा एसओएस बालग्रामले एसओएस बालग्राम सम्बन्धी जनचेतना कार्यक्रम गरेको छ । अभिभाकत्व गुमाएका, द्वन्द्व पीडित तथा सिमान्तकृत समुदायका बालबालिकाहरुको अभिभावकको भूमिका निर्वाह गर्दै आएको एसओएस बालग्राम लुम्बिनीले आफ्नो काम कर्तव्यबारे मायादेवीका स्थानीय जनप्रतिनिधि तथा पालिकाबासीहरुलाई जनचेतना कार्यक्रम गरेको हो ।

    कार्यक्रमलाई सहजीकरण गर्दै एसओएस बालग्रामको नायब निर्देशक ज्योत्सना राणाले अभिभावकत्व गुमाएका बालबालिकाहरुको अभिभावक बन्न सफल बताएको बताउनुभयो । उहाँले सबै क्षेत्रका सहयोग र उत्साहले त्यस्ता बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्दै समुदायमा पुर्नस्थापना गर्ने तथा आत्मनिर्भर बनाउने अभियानमा एसओएस बालग्राम लागेको जानकारी दिनुभयो । तीन परियोजनामा काम गर्दै आइरहेको बालग्रामले स्थापना भएको १२ वर्षको अवधिमा ६२४ जना बालबालिकालाई सहयोग गरी परिवारसँग पुनर्मिलन गराइएको निर्देशक राणाले बताउनुभयो ।

    सोहि कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा मायादेवी गाउँपालिकाका अध्यक्ष धुर्व नारायण चौधरीले एसओएस बालग्रामले गरेको कामहरु सराहनीय रहेको बताउनुभयो । ३० वर्षको उमेरमा संसार बदल्ने अठोट लिने हर्मन माईनरको सन्देश सबै व्यक्तिले समाज र राष्ट्र बदल्न केहि न केहि गर्नु पर्छ भन्ने भएकाले सबैले समाज र राष्ट्रको लागि सक्दो योगदान गर्नुपर्ने बताउनुभयो । गाउँपालिकाले पनि बालमैत्री, अपाङ्गमैत्री, बालश्रममुक्त पालिका बनाउने अभियान शुरु गरेको बताउँदै पालिका अध्यक्ष चौधरीले बालबालिकाप्रति जिम्मेवार अभिभावक बन्न स्थानीय सरकारले ऐन, कानुन निर्माण र कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो ।

    एसओएस बालग्रामका नायब निर्देशक ज्योत्स्ना राणाको अध्यक्षता, मायादेवी गाउँपालिकाका अध्यक्ष धुर्व नारायण चौधरीको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा मायादेवी गाउँपालिकाका वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुले मन्तव्य राख्नु भएको थियो ।

    अमृता उद्दासको सञ्चालन तथा मधु उपाध्यायको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रममा मीना पोख्रेल तथा अमृता उद्दासले एसओएसबारे बृहत जानकारी दिनुभएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.