logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    जिसस रुपन्देहीमा गठबन्धनको प्यानलै विजयी


    ५ असार २०७९ , आइतबार

    जिसस रुपन्देहीमा गठबन्धनको प्यानलै विजयी

    भैरहवा । जिल्ला समन्वय समिती रुपन्देहीमा गठबन्धनको प्यानल विजयी भएको छ । शनिबार सम्पन्न भएको जिसस रुपन्देहीको निवार्चनमा गठबन्धनको प्यानल विजयी भएको हो ।

    गठबन्धनबाट नेपाली कांग्रेसका प्रमुख पदका उम्मेद्वार उमाकान्त चपाई २० मत ल्याइ विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नर बहादुर घर्ती मगरले १२ मत ल्याएका थिए । कुल ३२ मत रहेको जिल्ला समन्वय समिति रुपन्देहीको निर्वाचनमा उप-प्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत पाउँदा नेकपा एमालेका पवित्रा देवी श्रेष्ठले १५ मत ल्याएकी थिइन् ।

    त्यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकि बिष्णुमाया सुवेदी जयसवाल १८, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमन प्रसाद हरिजनले २०, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान २०, ऋषीराम बस्याल १९, लोसपाका मुकेश कुमार पाण्डे १८ मत ल्याई विजयी भएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रकि मन्जु परियार १८, लोसपाकी बुधनी चमार १९ मत ल्याई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.