logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    पेट्रोलियम पदार्थको मूल्य अहिले सम्मकै उच्च, पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ पुग्यो


    ६ असार २०७९ , सोमबार

    पेट्रोलियम पदार्थको मूल्य अहिले सम्मकै उच्च, पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ पुग्यो


    भैरहवा । नेपाल आयल निगमले अहिले सम्मकै उच्च दरमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँलेले मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

    यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ । निगमले यती ठुलो मात्रमा एकै पटक मूल्यवृद्धि गरेको यो नै पहिलो पटक हो ।

    निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ भने बाह्यतर्फ १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । एलपी ग्याँसको मुल्य भने हाललाई यथावत कायम राखिएको निगमले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.