
सावित्री घिमिरे
भैरहवा । महामानव गौतम बुद्धको प्रवेशनगरी सिद्धार्थनगर नगरपालिकाको व्यवस्थापन गर्न नसक्दा समस्यामा परेको छ । नेपालको पुरानो नगरपालिका मध्येको यो नगरपालिका वि. सं. २०२४ सालमा स्थापना भएता पनि नगर गुरु योजना निर्माणका साथ अगाडि नबढदा फोहोर व्यवस्थापन लगायत सडक ढल बस्ति विकासमा कम्जोर देखिएको हो ।
दक्षिणमा भारतसँग भौगोलिक सामिप्यता रहेको यस नगरपालिका पर्यटकीय र व्यापारिक, औद्योगिक केन्द्रको रुपमा विस्तार हुँदै गर्दा फोहोरको राजनीतिक भने गिजोलेको देखिन्छ ।
नेपाल भारत सीमा क्षेत्र डन्डाखोलाको तिरमा खुल्ला रुपमा दुर्गन्ध फैलाउदै फोहोर थुपार्दै गरिरहेको यस नगरपालिकालाई स्थानीयहरूले बिरोध गरेपछि विकल्प खोज्न हम्मेहम्मे परेको छ। नगरपालिको नेतृत्वमा दूरदृष्टि राख्ने नगरप्रमुखहरू विगतमा नआउदा यो सृजना भइरहेको देखिन्छ । विगत वर्ष देखि एक पक्ष राजनीति फोहोर व्यवस्था गर्न सक्रिय भएको प्रचारवाजी गर्दै गर्दा अर्को पक्षले फोहोरको राजनीति गिजोलिरहेको देखिन्छ । नगर विकासको लागि साझा दृष्टिकोण राखेर सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपपर्ने भए पनि त्यो हुन नसक्दा नगरपालिकालाई असर पुर्याएको छ ।
कर्मचारीतन्त्र बढी हावी र राजनीति नेतृत्व अलमलमा पर्दा विगतमा ओमसतिया गाउँपालिकामा
फोहोर व्यवस्थापनको लागि खरिद गरिएको जग्गा समेत बेबारिसे बनेको छ। कमिसन र भ्रष्टचारको लागि खरिद गरिएको ओमसतियाको जग्गामा फोहोर व्यवस्थापन गर्न नगरपालिका असफल भएको छ । फोहोर व्यवस्थापनका लागि अर्को स्थान खोज्न समेत नसक्नु नगरपालिका मा रहेका नेतृत्व कर्ताको असक्षमता हो । खुल्ला रुपमा फालिरहेको नगरपालिकाको फोहोर अव कहाँ लगेर बिसाउने हो नवनिर्वाचित जनप्रतिनिधिलाई समेत तनाव भएको देखिन्छ ।
अगाडिका नेतृत्वले गलत मनसाय र कमिसनमा काम गर्दा नयाँ नेतृत्वलाई कसरी अगाडि बढ्ने भन्ने कुरामा अलमल परेको पाइन्छ । तर जसरी पनि सिद्धार्थनगर नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मा रहेको देखिन्छ । यो कार्य छिटोभन्दा छिटो गर्नुपर्छ । फोहोलाई मोहरमा बदलेर होस् वा नयाँ डम्पिङ्ग साइड निर्माण गरेर होस् यो तुरुन्तै गर्नु पर्ने देखिन्छ । यसको अलवा वैज्ञानिक फोहोर व्यवस्थापनका प्रयास पनि नगरपालिकाले गरेमा राम्रै मान्नु पर्दछ।
नगरपालिकामा आन्तरिक र एशियाली विकास बैंकको सहयोगमा अरबौ रकम सडक र ढल निकासको लागि खर्च भएको छ। तर सडकहरू मर्मत गर्ने अवस्थामा पुगिसकेको देखिन्छ। ढलहरू समेत डुवान निकासका लागि भन्दा देखाउनको लागि मात्रै होकि भन्ने भान जनतालाई पर्न थालेको छ। बनेका ढलहरू न मर्मत सम्भार भएका छन, न सफाई गरिएको छ बेबारिसे जस्तै देखिन्छन् । सडकमा बनेका सार्वजनिक सौचालय फोटो खिच्न र प्रचार गर्नको लागि बनाएको जस्तो देखिन्छ। नगरपालिकाले सडक बत्तीको समेत रेखदेख गर्न नसक्दा स्थानीयहरूलाई समस्या परेको छ।
मोहरमा बदलेर होस् वा नयाँ डम्पिङ्ग साइड निर्माण गरेर होस् यो तुरुन्तै गर्नु पर्ने देखिन्छ । यसको अलवा वैज्ञानिक फोहोर व्यवस्थापनका प्रयास पनि नगरपालिकाले गरेमा रानै मान्नु पर्दछ । नगरपालिकामा आन्तरिक र एशियाली विकास बैंकको सहयोगमा अरबौ रकम सडक र ढल निकासको लागि खर्च भएको छ । तर सडकहरू मर्मत गर्ने अवस्थामा पुगिसकेको देखिन्छ । ढलहरू समेत डुवान निकासका लागि भन्दा देखाउनको लागि मात्रै होकि भन्ने भान जनतालाई पर्न थालेको छ । बनेका ढलहरू न मर्मत सम्भार भएका छन, न सफाई गरिएको छ बेबारिसे जस्तै देखिन्छन् । सडकमा बनेका सार्वजनिक सौचालय फोटो खिच्न र प्रचार गर्नको लागि बनाएको जस्तो देखिन्छ। नगरपालिकाले सडक बत्तीको समेत रेखदेख गर्न नसक्दा स्थानीयहरूलाई समस्या परेको छ।
सांस्कृतिक पराम्परा, साहित्य, भाषा, कला, धर्म र संस्कृतिको साझा गन्तव्यको रुपमा रहेको यो नगरलाई विकास र समृद्धि बनाउन भर्खर नव निर्वाचित भएर आएका जनप्रतिनिधिहरूले के गर्ने हुन हेर्न बाकी छ । पुल ७६ हजार ३ सय ७ जना जनसंख्या रहेको सिद्धार्थनगरमा ब्राहम्ण, क्षेत्री,मुस्लिम, मधेशी, मगर, गुरुङ्ग, नेवार आदि मानिसहरूको बसोबास रहेको पाइन्छ। मुख्य गरी हिन्दु मुस्लिम र बौद्धधर्मालम्बीहरूको निवास स्थल रहेको यस नगरमा १६ हजार ११ परिवारको बसोबास रहेको छ । भारतबाट नेपाल प्रवेश गर्ने सबै भन्दा ठूलो नाका बेलहिया र गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल रहेको यस नगरको विकास र समृद्धिको लागि गुरु योजनाका साथ अगाडि बढ्न नयाँ जनप्रतिनिधिहरूलाई आम-जनसमुदायहरूको आग्रह छ।