logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    भैरहवा बहुमुखीमा स्वागत तथा सांस्कृतिक कार्यक्रम


    १५ असार २०७९ , बुधबार

    भैरहवा बहुमुखीमा स्वागत तथा सांस्कृतिक कार्यक्रम


    भैरहवा । भैरहवा स्थित भैरहवा बहुमुखी क्याम्पसमा स्वागत तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा नवआगन्तुक विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) द्धारा स्वागत गरिएको हो ।

    क्याम्पसमा विभिन्न संकायमा स्नातक प्रथम वर्षमा अध्ययनका लागि आएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी भव्य रुपमा स्वागत गरिएको अखिल क्रान्तिकारीका सचिव विनोद घिमिरेले जानकारी दिनुभयो ।

    अखिल क्रान्तिकारी भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष मनिष ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नारायण खनालले अखिल त्रान्तिकारीले विद्यार्थीहरुको हकहितका लागि निरन्तर काम गर्दै आइरहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई अध्ययनका क्रममा कुनै पनि समस्याहरु परे अखिल क्रान्तिकारी सहयोग गर्न सदैव तत्पर रहने बताउनुभयो ।

    त्यस्तै नेकपा माओवादी केन्द्र रुपन्देही क्षेत्र नं. ३ का इन्चार्ज उमेश खनालले देशमा परिवर्तनका लागि अखिल क्रान्तिकारीको ठुलो भूमिका रहेको बताउनुभयो । त्यस्तै भैरहवा क्याम्पसका क्याम्पस प्रमुख अनिल कुमार झाँ ले क्याम्पस र विद्यार्थीको हकहितमा सराहनीय काम गरेको बताउनुभयो । दर्शना अधिकारीको स्वागत तथा विनोद घिमिरेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष कपिल चापागाई, मनिष ढकाल लगायतले बोल्नु भएको थियो ।

    कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुलाई मायाको चिनोले स्वागत गरिएको थियो । त्यस्तै सोही कार्यक्रममा बीच अखिल क्रान्तिकारीका विद्यार्थी विमल गौत्तम र क्याम्पस प्रमुख अनिल कुमार झाँ लाई क्याम्पसमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.