logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    बुद्धसँग जोडिएको रोहिणी


    १९ असार २०७९ , आइतबार

    बुद्धसँग जोडिएको रोहिणी

    पशुपति यादव

    धकधई । जिल्लाको पूर्वी दक्षिण क्षेत्रमा पर्ने रोहिणी गाउँपालिका बुद्ध दर्शनसँग जोडिएको गाउँपालिका हो । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीको सामिप्यतामा रहेको यस गाउँपालिकाको नाम रोहिणी रहने बुद्ध दर्शन मान्नेहरुको लागि महत्वपूणर् नाम हो । बुद्धकालीन अवस्थामा बुद्धको मावली राज्य कोलीया र बुद्धको बुबाको राज्य (शाक्य वंश) बीच पानीको विषयमा भएको भिषण युद्ध क्षेत्रको नाम हो रोहिणी । प्राचीन र धार्मिक हुँदै बुद्धसँग जोडिएको रोहिणी हाल संसारभरि पुग्नुको कारण भने कम मात्रामा जानकारी भएको देखिन्छ ।

    उत्तरदेखि दक्षिणसम्म बग्ने रोहिणी खोलाको नामबाट राखिएको रोहिणी गाउँपालिकाको नाम बुद्ध दर्शनहरुमा प्रशस्त भेटिएता पनि स्थानीय स्तरमा भने लोप जस्तै बनको छ । कोलीया वंंश र शाक्य वंशबीच पानीको विषयमा भएको रोहिणी युद्धलाई बुद्ध आफैले आएर रोकेका थिए । त्यसकारण जनधनको क्षति हुनबाट रोकेको त्यो युद्ध बुद्ध दर्शन र धर्मका लागि महत्वपूणर् मानिएको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ ।

    रोहिणी नदी

    भारतीय भूमिमा बुद्ध जहाँ जहाँ पुगे त्यस क्षेत्रलाई बौद्ध धर्म र पर्यटकीय रुपमा भारत सरकारले विकास गरेपनि नेपाल सरकार भने बुद्धसँग जोडिएको रोहिणीको विषयमा बेखबर जस्तै भएको बौद्ध दर्शनका ज्ञाताहरु बताउँछन् । विश्वमा रहेका बौद्धिष्ट देशहरुमा बुद्धका विषयमा ठुला ठुला नाटक र कथाहरु भेटिएता पनि रोहिणी कहाँ पर्छ भन्ने कमैलाई जानकारी भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

    रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणी गाउँपालिकालाई बुद्धसँग जोडेर आगाडी बढ्ने जानकारी दिए । उनले बुद्ध दर्शन र रोहिणी छुट्याउनै नमिल्ने भएकोले बौद्ध पर्यटकहरुको गन्तव्य स्थलको रुपमा रोहिणीको विकास गर्ने बताए । गाउँपालिकाका प्रवक्ता विर बहादुर क्षेत्रीले रोहिणी बासीहरुको सम्वृद्धिका लागि गाउँपालिकाले धार्मिक पर्यटक भित्र्याउनुका साथै कृषि क्षेत्रको विकासका लागि समेत बुद्धसँग ब्राण्डिङ गर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.