logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    गैडहवामा सूचना दिन आनाकानी


    २१ असार २०७९ , मंगलबार

    गैडहवामा सूचना दिन आनाकानी

    दिपक कलवार
    सूर्यपूरा । सार्वजनिक निकायका सूचना सञ्चारकर्मी मात्र होइन हरेक नागरिकले सहजै पाउनुपर्ने हो । तर रुपन्देहीको गैडहवा गाउँपालिकामा संविधानप्रदत्त सूचना माग गरेको दुई साता बितिसक्दा पनि सूचना उपलब्ध गराउन आनाकानी भएको छ ।

    चालु आर्थिक वर्षमा सम्पादन भएका कामकारवाही र उक्त कामकारवाहीमा गरिएका खर्चहरुको विषयमा सूचना माग गर्दा आनाकानी भएको हो । गैडहवा गाउँपालिका वडा नं. ३ निवासी दिपक कलवारले गत असार ७ गते गाउँपालिकाबाट चालु आ.व. मा सूचना, विज्ञापन, डकुमेन्ट्री, सञ्चार कार्यक्रमका लागि पत्रपत्रिका, टेलिभिजन, रेडियो र विभिन्न संघसंस्थाहरुलाई कुन कुन कार्यक्रमका लागि कति रकम उपलब्ध गराइएको, चालु आ. व. को असार ७ गतेसम्म कार्यालयबाट चिया, खाजा, अतिथि सत्कार, ईन्धनमा खर्च, सवारी साधन मर्मत खर्च र सवारी भाडाका लागि कति रकम खर्च गरिएको छ, सोको विवरण उपलब्ध गराइदिनका लागि सूचना शाखामा निवेदन दिएका थिए ।

    सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले तत्काल उपलब्ध गराउन सकिने प्रकृतिको सूचना निवेदन प्राप्त भएको मितिले १५ दिनभित्र उपलब्ध गराउनुपर्ने व्यवस्था छ । तर निज कलवारले निवेदन दिएको १५ दिन बित्नै लाग्दा पनि सो उपर कुनै सुनुवाई भएको छैन । असार ७ गते गाउँपालिकाको सूचना शाखामा दिएपनि दर्ता भने असार २१ गते दुई सातापछि भएको कलवारले बताए । पालिकामा सूचना माग गर्दै विभिन्न निवेदन पर्ने गरेपनि त्यसको कार्यान्वयनमा भने आनाकानी भइरहेको उनले बताए ।

    यस विषयमा गैडहवा गाउँपालिकाका सूचना अधिकारी गणेश भट्टराईसँग बुझ्दा उनले निवेदनमा माग गरिएको विवरण सक्भर छिट्टै उपलब्ध गराउने बताए । उनले निवेदन प्राप्त असार ७ गते भएपनि दर्ता भने असार २१ भएको बताए । निवेदन प्राप्त भएपछि सो निवेदनका विषयमा कार्यालयमा आवश्यक छलफल गरेपछि पछि मात्रै सो विवरणहरु उपलब्ध गराउन मिल्ने भएकाले प्रक्रिया लम्बिन गई सूचना उपलध्न गराउन ढिलो हुन पुगेको उनले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.