logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    लुम्बिनी विकास कोषमा एस.बि.आइ. बैंक


    ३२ असार २०७९ , शनिबार

    लुम्बिनी विकास कोषमा एस.बि.आइ. बैंक

    अञ्जना चौहान
    लुम्बिनी, ३२ असार । लुम्बिनी विकास कोष परिसर भित्र एस.बि.आइ. बैंक स्थापना गरि समुद्धाटन गरिएको छ ।
    लुम्बिनी विकास कोष परिसर भित्र लुम्बिनी वसपार्क स्थिति नेपाल एस.बि.आइ. बैंकले एकन्टेसन काउन्टरको स्थापना गरेको हो । दक्षिण एसयाली क्षेत्रीय सहयोग संगठनका महासचिव महामहिम इसला रुवान विराकुनले काउन्टरको उद्धाट्न गरे ।


    उक्त समारोहमा बैंकका प्रबन्धक संचालक तथा प्रमुख कार्यकारी अधिकृत दिपक कुमार दे नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत श्री मोहम्मद रिजवान आलम तथा लुम्बिनी विकास कोषका कोषाध्यक्ष दुन्ढीराज भट्टराई सदस्य सचीव सानुराज साक्य , योजना प्रबन्धक सरोज भट्टराई साथै बैंकका अन्य कर्मचारी तथा लुम्बिनी विकास कोषका कर्मचारीहरुको उपस्थितिमा बैंकले एकन्टेसन काउन्टरको स्थापना गरेको बैंकको सुचना शाखाले जनाएको छ ।
    उक्त कार्यक्रममा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी विकास कोषलाई १०० वटा डस्ट्बिन हस्तान्तरण गरेको छ।
    लुम्बिनी क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्नका साथै पर्याटकिय तथा तिर्थयात्रीको बसाइमा समेत सहयोग पुग्ने बैंकको विश्वास छ ।
    सोही क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका महासचिव महामहिम इसला रुवान विराकुनले( पि ओ एस ) मेसिन मार्फत डिजिटल डोनेशनको पनि उद्धाटन गरे ।
    डिजिटल डोनेशनको सुरुवात गर्नले लाखौं स्वादेश तथा विदेशि अगान्तुकहरुलाइ सेवा लिन सहज पुग्ने महामहिम इसला रुवान विराकुनले बताएका छन् ।
    यस बैंकले देशको विभिन्न स्थानमा ९१ शाखा २१ एक्टेन्सन काउन्टर ७ प्रादेशिक कार्यालय तथा १ कार्पोरेट आफिसका साथै १२९ वटा एटीएम बाट सेवा प्रदान गर्दै आएको छ बंैक लुम्बिनी प्रदेश कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.