logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    भारतीय होटल ओमात्राको ब्राण्ड नेपालमा


    १ साउन २०७९ , आइतबार

    भारतीय होटल ओमात्राको ब्राण्ड नेपालमा

    कमल रायमाझी
    भैरहवा, १ साउन । भारतको एकमात्रा ठुलो हस्पिटालिटी ओमात्राको ब्राण्ड नेपालमा प्रवेश गरेको छ । भारतको पर्यटन क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आइरहेको ओमात्राले नेपालमा पनि आफ्नो ब्राण्ड शुरुगरे पछि पर्यटक क्षेत्रमा गुल्जार आउने पर्यटन व्यवसायीहरु बताउँछन् ।नेपालमा पर्यटन क्षेत्रको विकासमा ओमात्राको आगमन संगै विदेशी र स्वदेशी पर्यटकहरुलाई गुणस्तरिय सेवा सुविधा प्राप्त हुने अपेक्षा गरिएको छ ।

    ओमात्रा ब्राण्डले नेपालमा होटल तथा हस्पिटालिटी क्षेत्रमा लामो अनुभव भएका सुनिल श्रेष्ठलाई कन्ट्रीहेडको जिम्मेवारी प्रदान गरेको छ । त्यस्तै पर्यटन क्षेत्रमा लामो समय काम गरेका युवराज पाण्डेलाई एरिया डाइरेक्टर नियुक्ती गरेको छ । पर्यटन बजारमा काम गरेकी सालु कुवँरलाई कलस्टर सेल्स हेडको जिम्मेवारी दिएको ओमात्राका संस्थापक सैयद अब्बास ले जानकारी दिए । नेपाली अर्थतन्त्रको बलियो खम्बाको रुपमा रहेको पर्यटनक्षेत्रलाई चलाएमान बनाउनका लागि ओमात्राको आगमनले थप इटा थपेको होटल व्यवसायीहरुले बताउँछन् ।
    सन् २०१५ देखि होटल तथा हस्पिटालिटी म्यानेजमेन्टको थालनी गरेको ओमात्राले भारतमा ३० वटा स्टार होटलहरु सञ्चालनमा ल्याएको छ । भारत बाहेक नेपाल र थाईल्याण्डमा समेत ओमात्राले आफ्नो ब्राण्ड पुराएको ओमात्राका नेपाल कन्ट्रीहेड सुनिल श्रेष्ठले जानकारी दिए ।

    पर्यटन क्षेत्रलाई आर्थिक चलायमान बनाउने र गुणस्तरिय सेवा प्रदान गर्ने मुख्य उद्धेश्य रहेको ओमात्राले आगामी दिनमा नेपालका मुख्य पर्यटकिय क्षेत्रमा आफ्नो उपस्थित जनाउने बताएको छ ।
    पर्यटकलाई सर्वसुलभ, गुणस्तरिय र शान्ता वातारण प्रदान गर्दै आएको ओमात्राको म्यानेजमेन्टले भविष्यमा विश्व बजारमा पर्यटनक्षेत्रको विकासमा महत्वपुर्ण भुमिका खेल्न सक्ने देखिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.