logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    श्री स्टिलले तयारी छड भारत पठाउँदै


    ४ साउन २०७९ , बुधबार

    श्री स्टिलले तयारी छड भारत पठाउँदै

    भैरहवा। नेपालको चर्चिक डण्डी उत्पादन कम्पनी श्री स्टिलले भारत डन्डी निकासी गर्ने भएको छ। चालु आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, डन्डी, प्रशोधित पानी र जुत्ताचप्पलमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था ल्याइएको भारत निकासीमा सहज भएको हो।
    यही व्यवस्थालाई देखेर श्री स्टिलले डन्डी निकासी गर्न लागेको हो। उद्योगका संचालक राजेशकुमार अग्रवालले बुधबार एक ट्रक डन्डी भारत निकासी गर्न लागेको जानकारी दिए।
    हामीले औपचारिक रुपमा भोलिबु धबार देखि डन्डी निकासी गर्नेछौं। बजेटमा ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था कारण निकासीका लागि बाटो खुलेको हो, उनले  भने, नगद अनुदान नभए डन्डी निकासी सम्भव थिएन। उद्योगले ब्यूरो अफ इन्डियन स्ट्यान्डर्डबाट बिएसआई प्रमाणपत्र पाएपछि निकासीको बाटो खुलेको हो। यो प्रमाणपत्र लिन उद्योगलाई झण्डै १५ महिना लाग्यो ।
    उनका अनुसार डन्डी बनाउन आवश्यक सबै कच्चा पदार्थ भारतमा भरपर्नुपर्ने भएकाले नगद अनुदानले मात्रै निकासी सम्भव भएको हो। अग्रवालले अहिले भारतको नौतनवाको हार्डवेयर पसलमा बिक्रीका लागि सम्झौता गरेको समेत बताए। सरकार चाँडै कार्यविधि बनाउन सकेमा अरु धेरै डन्डी निकासीका लागि बाटो खुल्थ्यो, उनले भने।
    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नगद अनुदान सम्वन्धी कार्यविधि संशोधन प्रक्रिया अगाडि बढाएको छ। २०७१ सालमा आएको कार्यविधिमा चालु आर्थिक वर्षको बजेटमा समेटिएका बस्तुलाई समेत राखेर संशोधनको प्रक्रिया अगाडि बढेको हो। केही दिनभित्रै कार्यविधि मन्त्रिपरिषद्बाट संशोधन भएर आउनेछ। उद्योगीका अनुसार अरु स्टिल उद्योगले समेत निकासीका लागि पहल गरिरहेको छ । सिमेन्ट भारत निकासीका लागि समेत सरकारले नीति ल्याएकाले यसको लागि पनि पहल भैरहेको अर्घाखाची सिमेन्टका महाप्रवन्धक उद्धब कार्कीले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.