logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    नेपालमा विकास र समृद्धि कहिले ?


    १३ साउन २०७९ , शुक्रबार

    नेपालमा विकास र समृद्धि कहिले ?

    कमल रायमाझी
    विभिन्न कालखण्डमा भएका आन्दोलनबाट नेपाल गणतन्त्रमा प्रवेश गरेको छ । शासकबाट जनताको हातमा शासन व्यवस्था हस्तान्तरण भएको पनि करिब डेढ दशक पुगेको छ । नेपालमा लामो समय र पटक—पटक भएका आन्दोलन तथा युद्धहरु जनताको पक्षमा गरिएको भन्दै व्यवस्था परिवर्तन भए पनि नागरिकको जीवनस्तरमा भने खासै फरक परेको देखिँदैन । वि.स. २००७ सालमा भएको राणा शासन विरुद्धको आन्दोलन, पञ्चायती व्यवस्था विरुद्धका आन्दोलन र राजतन्त्र विरुद्धका आन्दोलनहरुले शासनमा व्यापक परिवर्तन गरेको छ । राजाको हातबाट जनताको हातमा राज्य व्यवस्थाको हस्तान्तरण भए पनि विकास र समृद्धिले भने लय समातेको देखिँदैन । देशमा अग्रगमनको बाधकको रुपमा राजतन्त्रलाई परिभाषित गर्दै गरिएका आन्दोलनले गणतन्त्रको स्थापना गरेपनि जनताको जीवनस्तरमा खासै फरक आएको छैन । बरु देश आर्थिक रुपमा पश्चगमनतर्फ धकलिएको देखिन्छ । हिजो राजदरबारले जनताको कर दुरुपयोग ग¥यो भन्नेहरुको हातमा देशको शासन व्यवस्था पुगेको छ । तर उनीहरु राजतन्त्रलाई आफूहरुले लगाएको आरोपभन्दा झन् भ्रष्ट देखिएका छन् । देशलाई माया गर्ने र देशको विकासमा सोच्ने राजनेताको नेपालमा खडेरी जस्तै देखिएको छ । देश आज व्यापार घाटाको चरम अवस्थामा पुगेको छ । रेमिट्यान्सको भरमा चलेको हाम्रो देशको अर्थतन्त्र पनि राजनीतिक भ्रष्टचारका कारण निराशाजनक बनेको विभिन्न तथ्याङ्कले देखाउँछ । नेपालको स्थायी शक्तिको रुपमा रहेको राजतन्त्र हिजो विदेशीको नजरमा सम्मानित र गर्भिलो थियो । आज गणतन्त्र नेपालका नेताहरु जनता माझ अलोकप्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत हल्का देखिएका छन् । नेपाललाई केही वर्षमा विश्वको विकसित देशको दर्जा पु¥याउने भाषण र प्रतिबद्धता व्यक्त गरेका नेताहरु आफू र आफ्ना आसेपासे पोस्नमा व्यस्त भएका छन् । देशको आन्तरिक व्यवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध, जनताका समस्या र देशको विकास निर्माणमा गर्नुपर्ने नीति तथा सिद्धान्त समेत नेपालका शासकहरुले अहिले भुलेको महशुस भएको छ । शासन व्यवस्था सञ्चालनमा अस्वस्थ प्रतिस्पर्धा र इमानदारिताको कमीका कारण नेपालले विकास र समृद्धिको यात्रा तय गर्न निकै कठीन भएको अनुमान लगाउन सकिन्छ । देशको राज्य व्यवस्था सुरक्षित गर्न भन्दा दोहनमा लागेको मिलोमतो गर्ने राज्य शक्ति जनताको पक्षमा काम गर्छ भन्ने अपेक्षा नेपालीमा कम हुन थालेको छ । सरकारी तहमा सामान्य काम गर्न पनि सर्वसाधारणका लागि सोर्सफोर्स चाहिने जरागाडेको छ । नीतिगत र आर्थिक भ्रष्टाचारका कारण देशको शासन व्यवस्था पनि कमजोर देखिन्छ । घुस र कमिसन राजनीति नेतृत्वदेखि कर्मचारीसम्म संस्थागत हुनु नेपालका लागि दुर्भाग्य भएको छ । विश्वविद्यालयहरुले उत्पादन गरेका जनशक्तिहरु बेरोजगार बनेका छन् । नेपालको संविधान २०७२ ले देशलाई विकास र समृद्धिको यात्रातर्फ दौडाउने अपेक्षा गरेपनि कमिसन र भ्रष्टाचारको जालोका कारण पश्चगमनतर्फ हिडेको देखिन्छ । नेपालको सबै क्षेत्रमा देखिएको दलाली, भ्रष्टाचार र इमानदारिताका कमीका कारण स्वार्थ र व्यक्तिगत फाइदाका लागि नेता तथा कर्मचारी र सामाजिक अभियान्ताहरु लागेका छन् । सबैक्षेत्रमा निराशाजनक व्यवस्था देखिए पछि नयाँ पिँढीमा विदेशीने लहर चलेको छ । देशको दक्ष जनशक्ति विदेशीने र देश निर्माणमा गलत र अदक्ष पात्रको हालिमुहाली हँुदा नेपालले विकास र समृद्धिको मार्ग पहिल्याउन गाह्रो मानेको छ । यसका लागि राजनीतिक तहमा सही नेतृत्वको विकास तथा नेपाली जनताबाट देश विकासका लागि सही नेताको चयन गर्नु पर्दछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.