logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    छाडा चौपाया व्यवस्थापन गर्दै सिद्धार्थनगर


    २६ साउन २०७९ , बिहिबार

    छाडा चौपाया व्यवस्थापन गर्दै सिद्धार्थनगर

    अस्मिता अधिकारी 

    भैरहवा,साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा चौपायाहरुको व्यवस्थापन गर्ने भएको छ । पछिल्लो समय नगरक्षेत्रमा छाडा चौपायाको संख्या बढ्दो देखिएपछि नगरपालिका व्यवस्थापनमा जुटेको सिद्धार्थनगर नगरपालिकाको सुचनाशाखाले जानकारी दिएको छ । चालु आर्थिक वर्षभित्र छाडा चौपाया व्यवस्थापन गर्न गौशाला निर्माण प्रकृयामा नगरपालिका रहेको नगर प्रमुख इस्तियाक अहमद खाँले जानकारी दिए । नगरक्षेत्र भित्र किसान, व्यवसायी, पैदलयात्री, सवारी चालक, पर्यटक लगायत आम सर्वसाधारणले छाडा चौपायाका कारण निकै दुख बेहोर्नु परेको छ । यिनै समस्याहरुलाई मध्येनजर गर्दै नगरपालिकाले गौशाला निमार्णका निम्ति चालु आर्थिक वर्षमा २ करोड विनियोजन गरेको नगर प्रमख खाँले जानकारी दिए ।
    स्थानीयहरुले गाईले दुध दिँदासम्म पालनपोषण गर्ने र दुध खाने अनि दुधदिन छोडेपछि सडकमा छाड्ने प्रवृत्तिको विकास सिद्धार्थनगरमा अहिले बढ्दो छ । स्थानीय सरकारले यस्ता व्यक्तिलाई पहिचान गरी कानूनी दायरामा ल्याउने बताएको छ । छाडा चौपाया र फोहोरकाकारण सिद्धार्थनगर दुर्गन्धित बनेको छ । जसले गर्दा आन्तरिक र बाह्यपर्यटकको आगमनलाई कुरुपता बनाएको छ ।
    ं महामानव गौतमबुद्धको जन्मस्थल प्रवेश गर्ने मुख्य प्रवेशद्धार सिद्धार्थनगर नगरपालिकामा छाडा चौपायाकाकारण नगरको सुन्दरतामा कमी आएको स्थानीय बुद्धिजीवीहरुले बताउने गरेका छन् । नगरपालिकाले हरेक वर्षको नीति तथा कार्यक्रममा छाडा चौपाया व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेको देखिन्छ । तर ती सबै भाषण र कागजमै सीमित छन् । जसकाकारण नगरबासीलाई निरास बनाएको भैरहवा मर्निङवाक ग्रुपका अध्यक्ष् ाओमकार गौचनले बताउँछन् ।
    तर नवनिर्वाचित नगरपालिकाका प्रमुखले गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापनमा प्रकृया शुरु गर्ने भनेपछि स्थानीयहरुलाई आशावादी बनाएको छ । गौशाला निर्माणमा बजेट विनियोजन गरेको सिद्धार्थनगरले नगरको वडा नं. ११ को १२ विघा जग्गामा गौशाला निर्माण गर्ने र छाडा चौपाया व्यवस्थापनका लागि प्रकृया शुरु गर्ने उद्घोष गरेको छ । जसका लागि नगर प्रमुख खाँ आफै कार्यक्षेत्रमा खटिएका छन् । वर्षाको समय भएकाले तत्काल निर्माण प्रकृया गर्न गाह्रो भएको भन्दै नगर प्रमुख खाँले वर्षातको मौसम रोकिना साथ काम शुरु गरिने जानकारी दिएका छन् । छाडा चौपायालाई दीर्घकालीन व्यवस्थापन गर्ने र यसबाट आर्थिक उपार्जनको मार्ग समेत पहिल्याउने काम नगरपालिकाले गर्ने भएको छ । गौशाला निर्माणसँगै जैविक मल उत्पादन, गौमुत्र तथा दुध, दही, मही र ध्यू उत्पादनमा समेत ध्यान दिने सिद्धार्थनगर नगरपालिकाले जनाएको छ । नगरपालिकाले छाडा चौपाया व्यवस्थापनसँगै आर्थिक उपार्जन गर्ने र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहकार्यमा कृषि क्षेत्रमा सहयोग पुग्ने काम गर्ने छ । नगर प्रमुख खाँले भने, “जसबाट केही युवाहरुलाई रोजगार बन्ने अवसर निर्माण हुने छ ।” यसबाट नगरक्षेत्रमा देखिएको छाडा चौपायाको समस्या समेत दीर्घकालीन समाधान हुने छ । नेपालमा सबैभन्दा धेरै पर्यटक पैदलमार्गबाट भित्रिने बेलहिया नाका, गौतमबुद्ध अन्तर्राष्ट्रि«य विमानस्थल र लुम्बिनी प्रवेशको मुख्य नगरलाई हरियाली र सुन्दरीकरणमा ध्यान दिएको नगरपालिकाले छाडा चौपाया व्यवस्थापन सँगै आफुलाई एक कदम अगाडि उभ्याउने भएको देखिन्छ । नगरपाकिाले छाडा चौपाया र फोहोर मैला व्यवस्थापनका लागि शुरु गरेको अभियानलाई सबैले सहयोग गर्नुपर्ने स्थानीय अटो चालक सन्तोष रानाले बताउँछन् । उनी भन्छन्, “ नगरपालिकालाई सुन्दर र पर्यटकीय बनाउनका लागि नगर प्रमुखले ल्याएको योजना राम्रो भएकाले विना कुनै पूर्वाग्रह नगरबासीले सहयोग गर्नुपर्छ । धेरै सम्भावना बोकेको यो नगरको विकासलाई अगाडि बढाउने काम पनि नगर जनप्रतिनिधिहरुको भएकाले उनीहरुको कार्यक्षमता हेर्न बाँकी रहेको छ । हाम्रो नगर राम्रो नगर बनाउनका लागि सबैको सहयोग रहने छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.