भैरहवा, ४ भदौ । रुपन्देहीको चर्चित लायन्स क्लब लायन्स क्लब अफ भैरहवा ग्रीन सिटिले पाल्पा रैनादेवी छहरा वडा नम्बर ७ का मृगौला बिरामी हरि बहादुर रायमाझीलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
शुक्रवार एक कार्यक्रम गरि आर्थिक सहयोग हस्तान्तरण गरेको हो । क्लबले स-सचिव हेमन्तराज जोशीको संयोजकत्वमा आफ्ना सदस्यहरु संग सहयोग रकम संकलन गरि रु. ५७ हजार हस्तान्तरण गरेको जनाएको छ । क्लबका संस्थापक अध्यक्ष शिवनाथ गुप्ता, बर्ष २०२२⁄२०२३ का अध्यक्ष श्री रायमाझी र कार्यक्रमका प्रमुख अतिथि तथा लायन्स क्लब इन्टरनेस्नल ३२५ पि का डिस्ट्रिक गर्भनर नबराज न्यौपानेले सयुक्त रुपमा सहयोग रकम विरामीका आफ्न्तलाई हस्तारण गरेको क्लबले जनाएको छ ।
स्थापना काल देखि समाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएको लायन्स क्लब अफ भैरहवा ग्रीन सिटि समाजको संवाक हो । हस्तान्तरण कार्यक्रमका बोल्दै प्रमुख अतिथि तथा डिस्ट्रिक गर्भनर न्यौपानेले भने,“ डिस्ट्रिकमा पनि यस क्लबले गरेका कामहरुको उच्च मुल्याङकन गरिएको छ ।” सामाजिक क्षेत्रमा असाहय तथा गरिब र आर्थिक अभावमा परेका समुदायहरुको सेवामा निरन्तर काम गरिरहेको यस क्लबले आगामी दिनमा पनि आफुलाई उत्कृष्ट स्थानमा उभ्याउनेमा आफुलाई बिश्वास रहेको गर्भनर न्यौपानेले मन्तव्यका क्रममा बताए ।

कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक अफिसर नेत्र आर्चाय लायन्स क्लव मानव सेवामा लाग्नका लागि स्थापना भएकाले यसमा निरन्तर लाग्न सहभागी लायन्सकर्मीहरुलाई आग्रह गरे । उनले लायन्सको गाईड लाइन अनुसार क्लबहरुले कार्यक्रमहरु गर्नुपर्ने भन्दै भैरहवाक्षेत्रमा ग्रीन सिटिले गरेका कामहरु प्रसंशा योग्य रहेको बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेशिवका अध्यक्ष सुनिल सेन्चुरीले लायन्स क्लबहरुको सहकार्यमा समाजको बिकासमा आफुहरु लाग्नुपर्ने बताए । उनले “सेवा नै धर्म हो ।” भन्ने मुख्य उद्धेश्यका साथ आफुहरु नेपाली समाजको विकासमा सधैव लागिरहेको जनाए ।
विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको यस क्लबले स्थापना कालदेखि क्यान्सर भएका , मृगौला विरामी र आर्थिक अभावमा परेका विरामीहरुको उपचारमा सहयोग गर्दै आएको छ । क्लबले बातावरण, युवा, गरिब परिवार र स्वास्थ्य क्षेत्रमा निरन्तर काम गरिरहेको क्लवका प्रथम उपाध्यक्ष मनोज क्षेत्रीले जानकारी दिए ।
क्लबका स-सचिव हेमन्तराज जोशीको स्वागत ,सचिव बिना पौडेलको सञ्चालन र क्लबका अध्यक्ष रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा तिज मिलन, क्लवको डारेक्टरी प्रकाशन र बृद्धाश्रममा सहयोग उपलव्ध गराउने आगामी कार्यक्रमका बिषयमा समेत छलफल भएको क्लवको सचिवालयले जनाएको छ ।