logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    लुम्बिनी प्रदेशमा अपराधिकरण बढ्दो


    ६ भाद्र २०७९ , सोमबार

    लुम्बिनी प्रदेशमा अपराधिकरण बढ्दो

    रुपन्दहीमा घट्दो

    एलिना आचार्य

    भैरहवा, ५ भदौ । समाजको विकाससंगै मानव अपराध पनि बढ्दो रहेको छ । मानव अपराधका कारण समाजमा विभिन्न आपराधिक कृयाकलापहरु हुने गरेका छन् । लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै मानव अपराध रुपन्देही, दाङ र बाँकेमा हुने गरेको देखिन्छ । प्रदेशका १२ जिल्ला मध्ये रुपन्देही, दाङ र बाँकेमा अपराधिक कृयाकलापमा बढी हुने गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछ । प्रदेशमा विशेष गरेर ज्यान, आत्महत्या, चोरी, संगठित तथा आर्थिक अपराध, सामाजिक अपराध, महिला तथा बालबालिका , सवारी र विविध सम्बन्धी अपराध भएको प्रहरीको रेकर्डमा छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको त्रि–वर्षीय तथ्याङक अनुसार– आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशभरिमा ५ हजार ८०३ मुद्धा दर्ता भएको देखिन्छ । आर्थिक वर्ष २०७७/०७८ मा ५ हजार ८३५ र आर्थिक वर्ष २०७८/०७९ मा ६ हजार ३ सय ६२ मुद्धा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको मातहतका प्रहरी कार्यालयहरुमा दर्ता भएको प्रदेश प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ । यो तथ्याङ्कले पनि लुम्बिनी प्रदेशमा वार्षिक रुपमा अपराधिकरण बढ्दो रहेको छ । प्रदेशका १२ जिल्ला मध्ये रुपन्देही, दाङ र बाँकेमा अपराधिकरण धेरै हुने जिल्लामा परेका छन् । त्रिवर्षीय तथ्याङ्क अनुसार– रुपन्देहीमा आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ३६६ मुद्धा दर्ता भएका छन् । यहि आर्थिक बर्षमा बाँकेमा ८८० र दाङमा ८३५ मुद्धा दर्ताको रेकर्ड देखिन्छ । आर्थिक बर्ष २०७७/०७८ म रुपन्देहीमा १ हजार ११७ मुद्धा दर्ता भएका छन् भने दाङमा १ हजार ४७ र बाँकेमा ८१३ मुद्धा दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा रुपन्देहीमा १ हजार १३४, दाङमा १२ सय २३ र बाँकेमा १ हजार १५७ मुद्धा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको सूचना शाखाले जानकारी दिएको छ । अघिल्ला दुई आर्थिक वर्षमा रुपन्देहीमा सबैभन्दा धेरै मुद्धा दर्ता भएका छन् भने बाँके दोस्रो र दाङ तेस्रोमा परेको छ । आर्थिक वर्ष २०७८/०७९मा मुद्धा दर्ताको तथ्याङ्क हेर्दा दाङ पहिलो, बाँके दोस्रो र रुपन्देही तेस्रो देखिन्छ । यसरी हेर्दा रुपन्देहीमा अपराधको दर घट्दो छ । प्रदेश प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले समाज विकासक्रमसंगै अपराध बढिरहेको बताए । प्रदेशमा बढ्दो शहरीकरण, व्यापारिक क्षेत्रहरुको विस्तार,छिमेकी देश भारतसंगको सीमा जोडिएका कारण अपराध हुने गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उपाध्यायले भने, “अपराध न्युनीकरणका लागि प्रहरी २४ औ घण्टा जनताको सुरक्षाका लागि खटिएको छ ।” नेपाल प्रहरीले सीमा अपराध, देश भित्रको शान्ति सुरक्षा कायम राख्न र अपराध न्युनीकरणका लागि काम गरिरहेको उपाध्यायले बताए । नेपालको महत्वपुर्ण प्रदेशको रुपमा रहेको लुम्बिनी प्रदेश गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र महामानव गौतम बुद्धको पवित्रस्थलहरु भएको प्रदेश हो । नेपालमा सबैभन्दा धेरै पर्यटक पैदलमार्गबाट नेपाल भित्रिने मार्ग पनि लुम्बिनी प्रदेश हो । पहाड र तराईको मिलन रहेको यो प्रदेशमा अपराध न्युनीकरणका लागि प्रहरीसंग नागरिक समाज, सञ्चारकर्मी तथा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले सहकार्य गर्नु आवश्यक देखिन्छ । राज्यले अपराध हुनुभन्दा पहिले नै मानिसमा आउने अपराधिक मानसिकताको अन्त्यका लागि समेत विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्नुपर्दछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.