logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    रुपन्देहीमा अपराधका चरणहरु बढदै


    १२ भाद्र २०७९ , आइतबार

    रुपन्देहीमा अपराधका चरणहरु बढदै

    एलिना आचार्य

    भैरहवा, भदौ । समाज विकासको चरणदेखि नै समाजमा अपराधिक गतिविधि हुदै आएका हुन् । अपराधको अनुपात कति बढी र कति घटी भन्ने मात्रै हो । प्रविधिको विकाससँगै यो अनुपात झनै बढेर गएको छ । पछिल्लो एक वर्षको तथ्यांकलाई विश्लेषण गर्दा रुपन्देहीको शान्ति सुरक्षामा प्रश्न चिन्ह खडा हुन थालेको छ ।
    रुपन्देहीमा पछिल्लो १३ महिनाको घटना केलाउने हो भने केही यस्ता घटना घटेका छन् जसले रुपन्देही जिल्लामा कतै अपराधीको सेल्टर बन्ने त होइन यतिबेला रुपन्देहीमा दुई कुराले धेरै मानिसको ध्यान खिचिरहेको छ । एउटा विश्वमा शान्ति र हार्दिकताको सन्देश प्रवाह गने बुद्ध जन्मस्थल लुम्बिनी अवस्थित जिल्लामै यस्तो हुनु बिडम्बना नै हो । दोस्रो रुपन्देही जिल्ला हालका गृहमन्त्री बालकृष्ण खाडँको गृह जिल्ला हो । देशको समग्र आन्तरिक सुरक्षा हेर्ने बाहालवाल मन्त्रीको गृहजिल्लाको सुरक्षा संयन्त्र माथी खलवल पुगे आलोचना हुनु स्वभाविक नै हो ।
    नेपाली काङग्रेसका प्रभावशाली नेता गृहमन्त्री भएपछि रुपन्देहीमा यस्ता घटना घटेका छन् । जसले गृहमन्त्रीको गृह जिल्लामा आन्तरिक सुरक्षा संयन्त्र माथीनै प्रश्न चिन्ह खडा गरेको छ । केही घटना यस्ता छन् जस्ले रुपन्देही पछिल्लो समय अशान्त बन्दै गएको पुष्टि गरेको छ ।
    पहिलो घटना
    २०७८ साल असोज २५ गते भएको मोतिपुर गोली काण्ड
    रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो । २०७८ असोज सालको आइतबार बिहानैबाट सुरु भएको तनाव अन्तत: गोली चलेर ४ जनाको मृत्युसम्म पुग्यो । घटनामा ४० जना भन्दा धेरै घाइते समेत भएका थिए । यो घटनाले गृहमन्त्री खाँड माथि प्रश्न चिन्ह खडा गरेको थियो ।
    बुहारीहरुको रहस्यमय मृत्यु
    पछिल्लो समय रुपन्देहीमा एकपछि अर्को छोरी/बुहारी मृत्युका घटना सार्वजनिक भएका छन् । गत चैत ३० गते तिलोत्तमा– २, जानकीनगरकी अमृता टण्डनको रहस्यमय मृत्यु भयो । १७ भदौमा अमृताले घर–परिवारले सामान्य विषयमा पनि मानसिक र शारीरिक यातना दिने गरेको भन्दै तिलोत्तमा नगरपालिकाको वडा कार्यालयमा निवेदन दिएकी थिइन्। निवेदनपछि घरमै बस्ने वातावरण मिलाउने सहमति घरकै सदस्यहरुले गरेका थिए।
    केहि महिना अघि सैनामैनामा एक बुहारीको अस्वभाविक मृत्यु भयो । त्यस लगत्तै तिलोत्तमाकी सीता भण्डारीको मृत्यु प्रकरण देशव्यापी रुपमा फैलियो । लगत्तै कञ्चनकी सीताको मृत्यु पनि अस्वभाविक भन्दै आवाज उठ्यो । केही समय अघि रुपन्देहीकै बुटवलकी अनिता रेग्मीको मृत्युले सडक ततायो ।
    यि सबै घटना फरक फरक ब्यक्ती सँग सम्बन्धी भएपनि कारण भने मुलत एउटै देखिन्छ । सीता, अनिता, अमृताहरु सबै बुहारी हुन् र यिनिहरुको मृत्यु रहस्यमय देखिएको छ । सीता भण्डारी मृत्यु प्रकरणको करिब एक वर्ष बित्यो, अमृताको करिब ६ महिना,अतिनाको करिब ८ महिना , सुविना गिरीको करिब ४ महिना बितिसक्दा पनि अपराधी को हो भन्ने कुराको प्रमाण जुटाउन अहिले पनि प्रहरीलाई हम्मे हम्मे परेको देखिन्छ ।
    तेस्रो घटना जनप्रतिनिधि माथि प्रहरीको दमन
    २०७९ साल साउन महिनाको १ गते रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधी माथि प्रहरीको दमन भयो । बजेट पास गर्ने विषयमा नगर प्रमुख र एमालेका जनप्रतिनिधबीच विवाद उत्पन्न भएको थियो । विवादका क्रममा वडा–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले स्वीमिङ पुलमा धकेलेर चोबलिदिए । बजेट पास गर्नका लागि बोलाइएको नगरसभामा गृहमन्त्रीका सहोदर भाइ समेत रहेका मेयर रामकृष्ण खाँडलाई अवरोध गर्न खोजेको भन्दै डिएसपी केसीले उनलाई धकेलेर पुलभित्र फालेका थिए ।
    धेरै पछि चल्यो रुपन्देहीमा गोली
    २०७९ साल साउन ३० गतेका दिन रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको थियो । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका थिए । नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया–४ बसन्तपुरमा आइतबार राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेका प्रहरीले जनाएको थियो ।
    रुपन्देही जिल्लामा घटेका यि प्रतिनिधिमुलक घटना मात्र,हुन् । रुपन्देही प्रहरीको तथ्याङक हेर्ने हो भने पनि रुपन्देही जिल्ला अपराधको अखडा नै बन्दै गएको छ । रुपन्देहीका होटलहरु अहिले अपराधको थलो बन्दै गएको पुष्ट केही समय अघि मात्र बुटवलको एक होटलमा दुई जोडी मृत अवस्थामा फेला पर्नु पनि हो ।
    पछिल्लो समय रुपन्देहीमा शान्ति सुरक्षाको अवस्था अत्यनतै दयनिय भएको विज्ञहरुको भनाई छ । गृहमन्त्रीको जिल्लामा यस्ता अपारधिक क्रियाकलापले सर्वसाधरणमा नकरात्मक असर पर्ने गरेको विज्ञहरुको भनाई छ । समाजशास्त्री उमेश रिजालका अनुसार पछिल्लो समय रुपन्देही जिल्लामा बढ्दो सहरीकरण र बेरोजगारीका, खुला सिमाना र मानिसमा हुने एक्लो पनका कारण अपराध बढ्दै गएको र यस अनुसार सरकारले निति नियम ल्याउन चुकेको बताएका छन् ।
    यस विषयमा हामीले रुपन्देहीका प्रहरी प्रमुख एस पि रविन्द्र रेग्मीका अनुसार खुल्ला सिमानाका कारण अपराध बढ्दै गएको हो । पछिल्लो समय राजनितिक करणको केही पनि असर परेको भने छैन् । प्रहरीले पछिल्लो समय जिल्लामा ठुला ठुला अपराधका घटना बाहिर आएपछि प्रहरीले कानुनी दायरामा ल्याई अनुसन्धान गरी दोषीलाई कारवाही गरीरहेको बताएको छ ।
    समयको अन्तराल सँगै नया नया प्रवृतिको अपराधहरु बढ्दै गएको छ । तर प्रहरी र प्रशाशन भने परम्परागत शैलीमा नै अपराध अनुसन्धान हुने गरेको अधिवत्ता धर्म खड्काले बताएका छन् ।
    गृहमन्त्री खाँडले रुपन्देहीको सुरक्षा सुदृढ बनाउने कुरामा ध्यान दिन जरुरी छ । प्रहरीको प्रयोग भाइको नगरसभामा जनप्रतिनिधी स्विमिङ पुलमा धकेल्न गर्नुभन्दा जनताको सुरक्षामा गरे गृहमन्त्री खाँडको वहावाही पक्का हुनेछ । रुपन्देही जिल्ला गृहमन्त्री खाँड प्रति एकदमै आशावादी छ । आशालाई निराशामा बदल्न कदापी दिनुहुदैन ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.