
भैरहवा। साई ग्लोबल माध्यमिक विद्यालय द्धारा आयोजान गरीएको तिज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । सिद्धार्थनगरापलिका वडा नं कालिका स्थान स्थित उद्योग वाणिज्य संघको सभाहलमा गरीएको कार्यक्रममा, विद्यलायमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुका लागि तिज गित तथा नृत्य प्रतियोगिता गरीएको हो । प्रतियोगि विद्यार्थीहरुले नेपालमा भइरहेका समसामहिक विषयलाई उठान गर्दे नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि साई ग्लोबल माध्यमिक विद्यालयका अध्यक्ष हरी बहादुर थापाले संस्कृति र संस्कारका विषयमा नया पुस्तालाई अवगत गराउन अत्यन्तै जरुरी भएको बताए । उनले भने “ कला र संस्कृति दुई महत्वपूर्ण कुरा हुन् जस्ले बालबाललिकाको क्षेमता, संस्कार, आत्माविश्वास बढाउछ”अतिरिक्त कृयाकलापले विद्यार्थीहरुलाई बौद्धिक क्षेमतामा वृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम एवं प्रतियोगितामा निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमका सभापति साई ग्लोबल माध्यमिक विद्यालयका प्रध्यानध्यापक कौशलले भने, “समाज परिवर्तन सङगै तिज मनाउने प्रचलनमाा केही फरक आएको भएता पनि संस्कृतिलाई चट्कै भुल्न नदिन आगामी वर्ष पनि यस्ता मौलिक एव साँस्कुतिक कार्यक्रम गर्ने कुरामा जोडदिए”।
प्रतियोगितामा सब जुनियर तर्फ कक्षा ३ का विधार्थीहरु प्रथम, कक्षा १ का विधार्थी द्धितीय र कक्षा २ कक्षा विधार्थी तृतीय भएका थिए भने जुनियर तर्फ कक्षा ६ मुन प्रथम , ५ मुन द्धितीय,
सिनियर तर्फ ८ स्टार प्रथम, कक्षा ९ मुन द्धितीय , ७ मुन तृतीय भएको कायक्रमको निर्णायक महिला सञ्चारकर्मी एलिना आचार्य, जे सि आई सिद्धार्थनगर लेडिकी अध्यक्ष गीता बन्जाडे, साई ग्लोबल मा. वि. शिक्षिका अमृता बराल रहेको थियो भने प्रतियोतिामा विधार्थी, अभिभावक, साई ग्लोबल मा. वि. का शिक्षक तथा शिक्षिकाहरुको उपस्थिती रहेको कार्यक्रम कार्यक्रम सञ्चालिका मिरा सापकोटाले जानकारी दिइन् ।