
पशुपति यादव
ओमसतिया र रोहिणीका गाउँहरु दुर्गन्ध र धुवाँको चपेटमा
भदौ १८ रोहिणी, नेपाल सरकारले लुम्बिनी करिडोरमा उद्योग स्थापना गर्न बन्देज गरेपछि ओमसतिया र रोहिणीमा पर्ने हुलाकी करिडोर अवयवस्थित औधोगीकरणको चपेटमा परेको छ । हिजोको दिनमा सफा र सुन्दर रहेका गाउँ बस्तीहरुको छेउछाउमा मापदण्ड विपरीत उद्योगहरु स्थापना हुदैँं गएपछि मानव बस्तीमा समेत प्रदुषणले व्यापक असर गरेको देखिन्छ ।
भैरहवादेखि परासीसम्म व्यापक रुपमा उद्योगहरु खुल्न थालेपछि सयौं वर्षदेखि बस्दै आएका स्थानीयबासीहरु अत्तालिएका छन् । सडकको छेउछाउदेखि गाउँगाउँसम्म विभिन्न उद्योगहरु बिना मापदण्ड अनुसार स्थापना हँुदैछन् । ओमसतिया गाउँपालिका वडा नम्बर ५ का स्थानीय बासिन्दा विजय यादवले भने उद्योगहरु स्थापना गर्नु राम्रो भएतापनि मानव बस्ती, घरपालुवा जनावरको चरीचरण क्षेत्रमा अव्यवस्थित रुपमा स्थापना हुनु गलत हो । यसबाट केही व्यक्तिलाई फाइदा भएपनि ओमसतिया र रोहिणीका धेरै बस्तीहरुमा ध्वनि र धुवाँको प्रदुषणले सताएको छ । बस्तीबस्तीमा मात्र नभएर विद्यालय, कले,ज सार्वजनिक स्थलहरु उद्योगका चपेटामा परेका छन् । खेतीयोग्य जमिनहरु उद्योग स्थापनाको लागि प्रयोग भएपछि कृषि क्षेत्र समेत प्रभावित बनेको रोहिणी २ निवासी जयप्रकाश यादवले बताए । स्थानीय सरकार गठनसंगै कृषि क्षेत्रको प्रचुर सम्भावना रहेका ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकामा स्थानीय बासीहरुको जीवनस्तर उकास्नको लागि विभिन्न सरकारी कार्यक्रमहरुको वयवस्था हुनुपर्नेमा उद्योगबाट निस्कने धुँवा र धुलोले समस्या सृजना गरेको स्थानीय बासीहरु बताउँछन् ।
यी दुई गाउँपालिकामा अहिले लगभग दुईसयभन्दा बढी उधोगहरु स्थापना भइसकेका छन् । थप उद्योग स्थापना हुनेक्रम जारी छ ।
स्थानीय सरकारले व्यवस्थित औद्योगीककरणको अवधारण ल्याउन आवश्यक छ । जुन अवधारणाले निश्चित क्षेत्रलाई औद्योगीककरणको लागि भूमि व्यवस्थापन गर्नुपर्ने अहिलेको आवश्यकता देखिन्छ ।
गाईवस्तुहरुको चरिचरण क्षेत्र र मानवबस्ती भन्दा टाढाको जमिनलाई विभिन्न पूर्वाधार विकास गरेर सरकारी मापदण्ड अनुसार उद्योग सञ्चालन गर्न दिनुपर्दछ । त्यसबाट स्थानीय युवाहरुका लागि रोजगार, स्थानीय सरकारको लागि आयस्रोत हुनुपर्नेमा त्यो भएको देखिँदैनन् ,जसले जहाँपनि उद्योग खोलिरहेका छन् । स्थानीय सरकारका सम्बन्धित निकायहरु चुपचाप बसेको देखिन्छ ,जुन गलत हो ।
ओमसतिया र रोहिणीका जनता पनि चाहन्छन् ,व्यवस्थित औद्योगीकरणको विकास र बिस्तार हुनु पर्दछ तर मानव बस्ती कृषि चरिचरण क्षेत्र, सार्वजनिक स्थलहरुलाई विस्थापित गराउने मनसायले केही व्यक्तिको फाइदाका लागि स्थानीय सरकारले उद्योग स्थापनाका लागि अनुमति दिनु हँुदैन जसले दीर्घकालीन असर गर्दछ । यो ओमसतिया र रोहिणीका जनसमुदायका लागि पछि दुर्भाग्य बन्ने छ ।
यस विषयमा रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले मापदण्ड विपरीत सञ्चालित उद्योगहरुलाई मापदण्डको दायरामा ल्याउने र नयाँ उधोगहरु खोल्नको लागि विशेष व्यवस्था गर्ने जानकारी दिए । अध्यक्ष यादवले भने, ‘स्थानीय युवाहरुको आयआर्जन र रोजगारका लागि समेत योजना बद्ध रुपमा रोहिणी गाउँपालिका अगाडि बढ्ने छ । ओमसतिया गाउँपालिका अध्यक्ष मञ्जित यादवले अव्यवस्थित औद्योगीकरणको बिस्तार गाउँपालिक भित्र रहेकाले उद्योग नजिकै मानवबस्तीहरुको लागि हानिकारक रहेको स्वीकारे । उनले व्यवस्थित औद्योगीकरण र युवारोजगारका लागि आफुले अभियान थालनी गर्ने बताए ।