logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    लुुम्बिनीखबर १२ औँ वर्षमा प्रवेश


    २१ भाद्र २०७९ , मंगलबार

    लुुम्बिनीखबर १२ औँ वर्षमा प्रवेश

    मन्जु आले
    भैरहवा,भदौ । लुम्बिनीखबर सञ्चार गृह प्रा.लि. द्धारा प्रकाशित लुम्बिनीखबर पत्रिकाको बार्षिक उत्सव भदौ १८ मा सम्पन्न भएको छ । भैरहवाको होटल मौर्य होटलमा भएको बार्षिक उत्सव समारोहमा सिदार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खाँ, पत्रिकाका संचालकहरु , कर्मचारी र लेखकहरुको सहभागिता रहेको थियो । समारोहका प्रमुख अतिथि तथा सिदार्थनगर नगरपालिकाका प्रमुख खाँले लुम्बिनीखबर पत्रिकाको सुरुदेखि आजसम्म आाफू पाठक रहेको जानकारी दिदै यसको आगामी दिन अझ जनताको पक्षमा होस् भन्ने कामना गरेका थिए ।
    समारोहमा पत्रिका का सल्लाहकार सम्पादक उमेश चन्द्र रिजालले लुम्बिनीखबर पत्रिका कुुनै विचार समूह र राजनिति आस्थाको आधारमा प्रकासित नहुने बताए । उनले यो पत्रिका सबै नेपालीहरुको साझा भएको जानकारी दिए । कार्यक्रममा पत्रिकाका सम्पादक कमल रायंमाझी ,पत्रकारहरु एलिना आचार्य र अस्मिता अधिकारी समेत बोलेका थिए । वार्षिक उत्सव समारोहमा पत्रिकाले वर्षभरि धेरै समाचार लेख्ने रोहिणी शाखा प्रमुख पशुपति यादव र वार्षिक रुपमा धेरै विज्ञापन खोजी उत्कृष्ट शाखा व्यवस्थापन गरेका मर्चवार शाखा प्रमुख असलम खान लाई नगद सहि समान गरेको छ । पत्रिकामा लामो समय काम गरी सेवा निवृत्त भएका पत्रिकाका व्यवस्थापक सावित्री घिमिरे र लेखा प्रमुख सुनिता कार्किलाई सम्मात्र र दोसल्लाह ओडाएर सम्मान गरिएको छ । त्यस्तै पत्रिकाका निवर्तमान सम्पादक नरेश के.सी. निवर्तमान अध्यक्ष थानेस्वर पाण्डे र सल्लाहकार सम्पादक उमेशचन्द्र रिजाललाई समेत सम्मान पत्रका साथसाथै दोसल्लाह ओडाएर सम्मान गरिएको लुम्बिनीखबर पत्रिका को कार्यालयले जनाएको छ । लुम्बिनीखबर सञ्चार गृह प्रा.ली का अध्यक्ष गोकुल पोखरेलको अध्यक्षता तथा पत्रिकाका प्रबन्ध निर्देशक श्री रायमाझीको सञ्चालनमा कार्यक्र्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.