logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    भैरहवामै खण्डहर विद्यालय


    २३ भाद्र २०७९ , बिहिबार

    भैरहवामै खण्डहर विद्यालय

    खाँण, भुसाल र बोहोराको निर्वाचन क्षेत्र / लायन्स, रोट्ररी  र जेसीज प्रचारमुखी
    एलिना आचार्य/लुम्बिनीखवर
    भैरहवा, भदौ । जिल्लाको मुकाम सिद्धार्थनगर नगरपालिका वडा ११ मा अवस्थित भुजौली आधारभूत विद्यलायका अनेकन समस्याको समाधन गर्दै दैनिक पठन पाठन हुने गरेको छ । साना–साना कलिला हातले हेनपाइप चलाउदै पानी पिउन साना विद्यार्थीहरु दैनिक विद्यालयको अगााडि रहेको ११ नं वडा कार्यालयमा पुग्ने गर्दछन् । उनीहरुले यसो गर्नु रहर होइन बाध्यता हो । भविष्यमा देशका लागि योग्य नागरिक बन्ने सपना बोकेर आएका यी साना विद्यार्थीहरुलाई शिक्षा आर्जन गर्ने वातावरण नै यस विद्यालयमा देखिदैन् ।
    जीर्ण अवस्थामा शैक्षिक भवन
    २०१८ सालमा स्थापना भएको यस प्राथमिक तहको भवन अत्यन्तै जिर्ण अवस्थामा रहेको छ । विद्यालयका भवनहरुबाट ठूला ठूला पिपलका हाँगाहरु उम्रीरहेका छन् । करिब ८० वर्ष पुरानो यस विद्यालयको भवन पिल्लर बिनानै बनेको हो । करिब १० कठ्ठा क्षेत्रफलमा रहेको यस विधालयमा बालविकासको लागि १ कार्यालय र ३ वटा कक्षा कोठा गरी जम्मा ४ वटा कोठाहरु मात्र रहेका छन् । कक्षा कोठाका झ्यालहरुका ढोकाहरु भाचिएको अवस्थामा छन् । झयालमा जाली छैनन्, त्यति मात्र होइन, शौचालय प्रयोग गरीसकेपछि , त्यहि झ्यालबाट विद्यार्थीहरु कक्षा कोठामा जाने गरेका छन् । शौचालयका ढोकाहरु समेत भाचिएको अवस्था छन् ।
    आधारभूत सुविधाको अभाव
    भुजौली आधारभूत माध्यमिक विद्यालयमा ९० जना छात्रा र ६० छात्र गरी जम्मा १५० विद्यार्थीहरुले यस विद्यालयमा पठन पठन गर्ने गर्दछन् । विद्यालयमा विद्यार्थीहरुले अनेकन समस्या झेल्दै आएका छन् । १५० विद्यार्थीहरुका लागि मात्र ४ जना शिक्षकहरुको दरबन्दी रहेको छ । विद्यार्थीहरुले पठन, पाठन गर्ने कोठामा सिचाई गर्न प्रयोग हुने मोटर राखिएको छ यो सुरक्षाको दृष्टिकोणले अत्यन्तै डरलाग्ने समेत हो ।
    विद्यालयमा देखिएको सबै भन्दा नाजुक अवस्था साना साना बाल बच्चाले प्रयोग गर्ने शौचालय हो, गोपनियता नै नहुने यस्तो जिर्ण शौचालय प्रयोग गर्न विधार्थीहरुका लागि चुनौति देखिन्छ । तर यस्को विकासका लागि संघ, प्रदेश र स्थानीय तिनै तहको सरकारले प्रयास नगरेको प्रध्यानध्यापक अयोध्या प्रसाद गौड बताउँछन् ।
    पोशाकको अभाव, छैन सरसफाई
    विद्यालयमा पठन पाठन गर्न आउने विद्यार्थीहरु अधिकांश न्यून वर्गका रहेका छन् । १५० विद्यार्थी मध्य २५ प्रतिशतले विद्यालय पोशाक नै पैरीएका थिएनन् । आर्थिक अभावका कारण उनिहरुले पोशाक किन्न नसकेको देखिन्छ । बालविकास देखि नै विद्यार्थीहरुले सरसफाई बारे जानकारी पाउनु पर्ने हो तर विद्यालयका विद्यार्थीहरुलाई हामीले स्नेटाईजर खोई भन्दा उनीहरुलाई, स्नेटाईजर बारे जानकारी नै छैन । उनीहरुले खाजा खाईसकेपछि हात थुने सावुन समेत विद्यालयले व्यवस्था गर्न सकेको छैन ।आर्थिक वर्ष २०७८ मा नगरापलिकाले विद्यालयको भवन निर्माणको थालनी गरेको थियो तर ठेकेदार नै फरार भएपछि अहिले भवन निर्माणको कामनै ठप्प बनेको छ । भवन बन्ने ठाउँमा घाँस, र झार उम्रीएका छन् । जिल्लाको सदरमुकाममा रहेको सिद्धार्थनगर नगरपालिका जस्तो विकसित नगरपालिकामा समेत शिक्षाको यस्तौ अवस्था हुनु अत्यन्तै लजास्पद विषयम हो ।

    निष्कर्ष

    शैक्षिक विकास जस्ता कार्यक्रम ल्याएको यस नगरपालिकाको शिक्षाक्षेत्रमा देखिएको कमजोरी लाजमर्दो हो । विद्यालयका शिक्षकहरुमा पनि विद्यार्थीहरुको विकासमा खासै चासो देखिदैन । विद्यालयको कमजोर अवस्थाले गर्दा विद्यार्थीको दक्षतामा शंका उब्जाएको छ । यस क्षेत्रका जनप्रतिनिधिहरु समेत स्कुलको अवस्थाको बारेमा जानकार भएपनि वास्ता गरेको देखिदैन । यो क्षेत्र घनश्याम भुसाल, हालका गृहमन्त्री बालकृष्ण खाँण तथा दिपक बोहोराको निर्वाचन क्षेत्र हो । राजनीति गर्नेहरु बेखबर भएपनि यहाँ क्रियाशिल लायन्स तथा रोट्ररी र जेसीज जस्ता संस्थापनि प्रचारमुखी मात्र देखिएको छन् । यहाँ पुगेको पाईदैन । यसको विकासमा कसैको ध्यान पुगेको छैन ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.