logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    बजार अनुगमन चाडपर्वमा मात्र किन ?


    २३ भाद्र २०७९ , बिहिबार

    बजार अनुगमन चाडपर्वमा मात्र किन ?

    कालाबजारी, तस्करी र खाद्य मिसावट बढ्दो
    अस्मिता अधिकारी / लुम्बिनीखवर
    भैरहवा, २२ भदौ । दशैँ, तिहार, छठ जस्ता ठुला चाडपर्व नजिकिएका छन् । यति बेला आफन्तजनको भेटघाट हुने रमाइलो गर्ने समय पनि हो । केहि वर्ष यता देखि चाडपर्व भने प्रतिस्पर्धी बन्दै गएका छन् । महङ्गा लत्ताकपडा लगाउने, गहना देखाउने अत्याधिक मदिरा जन्य पदार्थ सेवन गर्नेे प्रविधि बढेको छ । के हामीले दैनिक प्रयोग गर्ने खाद्यन्न वस्तु गुणस्तरीय छन् त ? अवश्य पनि छैनन् । हामी उपभोक्ता नै विश्वस्त छैनौँ कि हामिले सेवन गरिरहेको खाद्यन्न वस्तु कतिको गुणस्तरीय छ भन्ने कुरामा । यो सबै हुनुमा नियमन निकायको चरम लापरवाही देखिएको छ । बजारमा नियमित अनुगमन नै छैन् । अनुगमन हुन्छ त मात्र चाड पर्व नजिकिद गर्दा केवल देखावटीका लागि ।
    संविधानको अनुसूचि ७ अनुसार संघ र प्रदेशको साझा अधिकार सूचिमा आपूर्ति, वितरण, मुल्य नियन्त्रण, गुणस्तर र अनुगमन उल्लेख छ । संविधानको अनुसूचि ९ ले स्थानीय बजार व्यवस्थापन स्थानीय तहको क्षेत्राधिकार भनी किटान गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पनि बजार अनुगमन स्थानीय तहले गर्ने भनी उल्लेख गरिएको छ । स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति छ । तर, प्रदेश ५ मा स्थानीय, प्रादेशिक र संघीय तीनवटै सरकारबाट हुनुपर्ने अनुगमन चाहिं प्राय: शून्य जस्तै छ ।
    हामीले दैनिक प्रयोग गर्ने दाल, चामल, नुन, तेल, आलु, प्याज, ग्यास र अन्य अधिकांश वस्तुको मुल्य अहिले आकासीएको छ । खाद्यवस्तुमा मिसावट भएको छ । यो समयमा खै उपभोत्तको हित संरक्षण ? खै बजारको अनुगमन ? चाडपर्व नजिकिदै गर्दा उपभोत्ताहरु चर्को मुल्य तिरेर समान खरिद गर्न बाध्य छन् । खरिद गरेका वस्तु गुणस्तरीय छन् कि छैन्न भन्ने कुरा परीक्षण गर्ने निकाय मौन् छन् । जस्का कारण उपभोत्ताहरुले सास्ती झेल्नु परेको स्थानियको भनाइ छ ।
    बजार अनुगमन अरु बेला पनि हुने तर चाडपर्वको बेला व्यवसायीले लापरवाहि बढी गर्ने भएकाले बजार अनुगमन चाडपर्वमा बढि हुने गरेको वाण्ज्यि आपुर्ती तथा उपभोत्ता संरक्षण कार्यालय भैरहवा रुपन्देही का प्रमुख टेकराज भट्राईले बताए ।
    आर्थिक वर्ष २०७८ ७९ मा २१७ ओटा फर्म अनुगमन भएका थिए । अनुगमनको क्रममा कुल ५ लाख २० हजार जरीवाना उठेको थियो । किराना खाद्यान्न ६४, उद्योग १४, मदिरा २७, कस्मेटिक १३, होटेल खाजाघर मिठाइ पसल ८, मासु १०, कलर १६, फलफुल२०, फेन्सी १९ अन्य २६ ओटा फर्म अनुगमन भएका थिए । जसमध्ये किराना खाद्यन्न व्यवसायीले १ लाख ७० हजार रुपैयाँ तिरी सबैभन्दा बढि जरीवानामा परेको वाण्ज्यि आपुर्ती तथा उपभोत्ता संरक्षण कार्यालय भैरहवा रुपन्देहीको तथ्याङ देखाएको छ । त्यस्तै आर्थिक वर्ष २०७७ ७८ मा २१२ ओटा फर्म अनुगमन भएका थिए भने ३ लाख ४० हजार जरीवाना रकम संकलन भएको थियो ।
    विदेशमा भएका नातेदारहरु घर आउने इष्टमित्र भेटघाट गर्ने समय चाडपर्वकै बेला हो । यही समयमा बजारमा खाद्य वस्तुको माग बढि हुने गर्छ । मागअनुसार गुणस्तरीय उत्पादन वृद्धि गर्ने साटो अनुगमनमा अनियमितता आउँदा उपभोत्ता दैनिक मारमा परिरहेका छन् । बजार अनुगमनलाइ नियमित र प्रभावकारी नबनाइ महँगी नियन्त्रण हुनै सक्दैन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.