भैरहवा, । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले लागूऔषध सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । श्री भानु माध्यमिक विद्यालयमा अध्यययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लागूओषध सम्बन्धी जनचेतना मूलक कार्यक्रम गरेको कार्यकारी संयोजक रुकमणी कारन्जितले जानकारी दिइन ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सहायक निरीक्षक हरि नेपालीले लागू औषध सम्बन्धी विद्यार्थीहरुलाई अवारनेश गराएका थिए । समाज रुपान्तरका लागि संधै क्रियाशील लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले आगामी दिनमा पनि यस्ता कार्यक्रममा निरन्तरता दिने क्लबका प्रथम उपाध्यक्ष मनोज क्षेत्रीले जानकारी दिए ।
क्लबका सचिव बिना पौडेल क्षेत्रीको सञ्चालन तथा क्लबका अध्यक्ष श्री रायमाझीको र विद्यालयका प्राचार्य मोतिलाल सुवेदीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।