logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    एसओएसको बालदिवस बरेवा विद्यालयमा


    ३० भाद्र २०७९ , बिहिबार

    एसओएसको बालदिवस बरेवा विद्यालयमा

    रुबिना थापा
    भैरहवा, २९ भदौ । एसओएस बालग्राम लुम्बिनी र श्री बरेवा माध्यामिक विद्यालय मायादेवीले सयुक्त रुपमा ५८ औ राष्ट्रिय बालदिवस बनाएका छन् ।
    एसओएस परिवार सबलीकरण कार्यक्रम अन्तरगत श्री बरेवा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न शैक्षिक प्रतियोगितामा प्रतिस्पर्धा गराई बालदिवस मनाएको एसओएस बालग्राम लुम्बिनीले जनाएको छ ।
    शैक्षिक कार्यक्रम अन्तरगत कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई हस्तलेखन, चित्रकला, निबन्ध प्रतियोगिता र बालअधिकार एंव बाल विवाहका विषयमा अन्र्तक्रिया गरिएको छ ।
    कक्षा १ देखि २ सम्मका विद्यार्थीहरुलाई हस्तलेखन, कक्षा ३ देखि ४ सम्मका विद्यार्थीहरुलाई “हाम्रो राम्रो विद्यालय” विषयक चित्रकला प्रतियोगिता, कक्षा ५ देखि ६ सम्म विद्यार्थीहरुलाई निबन्ध प्रतियोगिता गराईएको छ ।
    कक्षा ७ र कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुलाई “जिम्मेवार नागरिक उत्तरदायी सरकार” भन्ने विषयक निबन्ध प्रतियोगिता र ९ देखि १० कक्षा अध्ययनरत विद्यार्थीहरुलाई बालअधिकार एंव बाल विवाह सम्बन्धी अन्र्तक्रिया कार्यक्रम गरिएको हो ।
    प्रतियोगितामा प्रथम हुने विद्यार्थीहरुलाई रु. २५००, द्धितिय हुने विद्यार्थीहरुलाई रु.१,५०० र तृतीय हुने विद्यार्थीहरुलाई रु १,००० नगद पुरस्कार प्रदान गरिएको छ ।
    हस्तलेखन प्रतियोगितामा क्रमस मोहम्मद नसिम, सरिता यादव र किरण यादव प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गरेका छन् । चित्रकला प्रतियोगितामा क्रमस सन्जना चौधरी, शुभम विश्वकर्मा, र विष्ण यादवले प्रथम, द्धितिय र तृतिय स्थान हुन सफल भएका छन् ।
    “मेरो देश, मेरो पौरख ।” विषयक निबन्ध प्रतियोगितामा क्रमस अनिता यादव, सर्बेश कोहार र सन्दिप कोहार प्रथम, द्धितिय र तृतिय स्थाल प्राप्त गर्न सफल भएको एसओएस बालग्राम लुम्बिनीले जनाएको छ ।


    “जिम्मेवार नागरिक उत्तरदायी सरकार” भन्ने विषयक निबन्ध प्रतियोगितामा क्रमस चादनी गुप्ता, पुष्पा मुराउ र चन्दा कुर्मी प्रथम, द्धितिय र तृतिय भएका छन् ।
    मायादेवी गाउँपालिकाका उपाध्याक्ष नर्वदा देवी उपाध्यायको प्रमुख आतिथ्यमा भएको ५८ औ राष्ट्रिय बालदिवस कार्यक्रममा बोल्दै श्री बरेवा माध्यामिक विद्यालयका प्राचार्य अब्दुल हन्नान खाँले एसओएस परिवार सबलीकरण कार्यक्रमले विद्यार्थीहरुको शिक्षण कलालाई सहयोग पुराएको बताए । उनले आगामी दिनमा पनि एसओएस परिवार सबलीकरणको सहयोग आवश्यक रहेको जानकारी दिए ।
    एसओएस परिवार सबलीकरण कार्यक्रमका अधिकृत बिनय राज श्रेष्ठको संचालन तथा एसओएस परिवार सबलीकरण कार्यक्रम लुम्बिनीका इञ्चार्ज ज्योत्स्ना राणाको स्वागत र एसओएस बालग्राम लुम्बिनीका निर्देशक गोबिन्द प्रसाद ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.