रुपन्देही । फोटो पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा समता टेलिभिजनका क्यामेरा पर्सन मनोज क्षेत्री चयन भएका छन् । संघको तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेसनबाट क्षत्री अध्यक्ष भएका हुन । उपाध्यक्षमा माधव पन्थ (बुटवल), सचिवमा एलिना आर्चाय (ओमसतिया), कोषाध्क्षयमा पंकज पौडेल (सियारी), सहसचिवमा कमल अर्याल (तिलोत्तमा), सदस्यहरुमा कृष्ण गलामी (सैनामैना), ज्यातिलाल भट्टराई (देवदह), बेचेन्द्र यादव (मायादेवी),प्रतिक पौडेल (सिद्धार्थनगर), राजेश पाण्डेय, विसन गुरुङ, दिपक कलवार (गैडहवा), अस्मिता अधिकारी, दिव्या क्षेत्री,असलम खान (मर्चवार), त्रिभुवन पाण्डे रहेका छन् ।