पशुपती यादव
रोहिणी ,असोज । रामनरेश यादव आदर्श नमुना माध्यमिक विद्यालय स्वामीनगर धकधईको ६७ औं वार्षिक उत्सव एवम् अभिभावक दिवस समारोह सम्पन्न भएको छ । उक्त अवसरमा एस.ई.ई. परीक्षामा उत्कृष्ट हुने विद्यार्थी एवम् बाल विकास देखि कक्षा १२ सम्मको कक्षामा प्रथम, द्धितिय, तृतीय आउने विधार्थीहरुलाई विद्यालयले पुरस्कृत गरिएको थियो ।

विद्यालयको शिक्षक, कर्मचारी र जग्गादाता, चन्दादातालाई सम्मान गरिएको थियो । सतिश चन्द्रा मिश्राले कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयलाई राजनीति रहित बनाउन हामी सबैको कतव्र्य हो । विद्यालयको नाम नमुना छ त्यस्तै पढाई पनि गुणस्तर हुन जरुरी छ । भौतिक पूर्वाधारले सुसम्पन्न विद्यालय शैक्षिक सुधारको लागि जिल्लामा होइन देशमा रामनरेश नमुनाको शिक्षामा पनि नमुना भइ पहिचान होस् जग्गादाता मिश्राले सुझाएको थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैजनाथ साहनी (मुकेश) को अध्यक्षता सम्पन्न कार्यक्रम विद्यालयका प्राचार्य रामसुरेश वर्मामाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहायक प्राचार्य इन्द कुमार यादवले स्वागत मन्तव्य राखेका थिए । शिक्षक विरेन्द्र कुमार गौँडको सञ्चालनमा कार्यक्र सम्पन्न भएको थियो । पूर्व प्राचार्य मुहम्मद इद्रिश खाँ, सामुदायिक अध्यक्ष जय प्रकाश यादव, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार यादव, संजय कुमार गुग्ता, गनपत गुप्ता, बैकुन्ठ नाथ अर्याल, मनोज यादव, कृष्ण चन्द्र मिश्रा, पारसनाथ योगी लगायतले विद्यालयको प्रगतिको शुभकामना दिएका थिए ।
मन्त्रीले दिए धोका
विद्यालयको ६७ औँ वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रण गरे पनि उपस्थिति नहुँदा कार्यक्रम खल्लो भएको महसुस गरेका गरेका थिए । विद्यालयका कार्यक्रम भव्यताका साथ सम्पन्न भएता पनि शिक्षा तथा खेलकुद मन्त्री बसिउद्दीन खाँ उपस्थिति नहुँदा कार्यक्रम ४ बजे सम्म अनौपोचारिक हिसावले सञ्चालनमा रहेका विद्यालयको सूचनाशाखाले जनाएको छ ।
खेलकुद तथा शिक्षा मन्त्री लुम्बिनी प्रदेशका बसिउद्दीन खाँले भने रामनरेश धकधईमा प्रमुख अतिथिकोरुपमा आमन्त्रीत थिए तर एक जना मतदाता मलाई औला समातेर सिकाउने जस्ता व्यक्तिको मृत्यु भएकोले निजको दाससंकार र अन्त्यष्टिमा जाँदा कार्यक्रममा उपस्थितिमा असमर्थ भएको लुम्बिनीखबरसँग भने विद्यालय व्यवस्थापन समितिको अध्यक्षलाई यो कार्यक्रममा उपस्थिति हुन नसक्ने पूर्व जानकारी गराएको थिए।
यो कार्यक्रममा स्थानीय गणमान्य व्यक्ती, समाजिक अभियान्त लगायतका व्यत्तित्वहरुको सहभागीता नभएको एक अभिभावकले जानकारी दिएका थिए ।नेपालको नमुना विद्यालयमा पर्ने यस विद्यालयले लाखौ विद्यार्थीहरु उत्पादन गरिसकेको छ । यसले उत्पादन गरेका दक्ष जनशक्तीहरु अहिले नेपालमा विभिन्न क्षेत्रमा कार्यरत छन् । यहाँ बाट उत्पादन भएका विद्यार्थीहरु राजनीति तह देखि कर्मचारी तन्त्रमा उच्च तहमा पुगेको देखिन्छ । मन्त्री र सांसदहरु समेत आधा दर्जन यही स्कुलले पढाएका विद्यार्थीहरु हुन । पुर्व विधायक विनोद उपाध्याय, संघिय संसद प्रमोद यादव, पुर्वमन्त्री घनश्याम यादव, पुर्वमन्त्री अब्दुल रज्जाक लगायतका राजनीतिकहरु यही विद्यालयमा पढेका विद्यार्थीहरु हुन ।
तर यो स्कुलमा बार्षिक उत्सवमा सवैले विर्सिएको देखिन्छ । मन्त्रीले समय दिएपनि अन्तिम समयमा आएर धोका दिए । स्थानीय सरोकारवाला निकाय पनि स्कुलको कार्यक्रममा उपस्थित भएको देखिएन । स्कुलको गुणस्तर र समृद्धीको लागि सवैले हातेमालो गर्नु पर्दछ । रामनरेश यादव आर्दश नमुना मा.बि.मा पनि सवैको सहयोग र सदभाव आवश्यक छ ।