logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    जनताको पक्षमा नमुना काम गर्दै ओमसतिया गाउँपालिका


    ९ असोज २०७९ , आइतबार

    जनताको पक्षमा नमुना काम गर्दै ओमसतिया गाउँपालिका

    पशुपती यादव
    रोहिणी, असोज । रुपन्देहीको ओमसतिया गाउँपालिकाले विपन्न नागरिकहरुको नि:शुल्क स्वास्थ्य बिमा गर्न शुरु गरेको छ । गाउँपालिका भित्र रहेका विपन्न नागरिकहरुलाई वडाको सिफारिसमा स्वास्थ्य बिमा गर्न सुरुगरेको ओमसतिया गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हाल सम्म ७ सय जना विपन्न नागरिकहरुको स्वास्थ्य बिमा गरिसकेको स्वास्थ्य शाखाको अभिलेखमा देखिन्छ । निर्वाचित भएको एक सय दिन पुरा हुदै गर्दा गरिब, विपन्न र जेष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य विमाका साथै स्वास्थ्य उपचारका उल्लेखनिय सुधार गरिएको गाउँपालिकाका अध्यक्ष मञ्जित यादव (सोनु)ले जानकारी दिए । गाउँपालिकाले बसन्तपुर स्वास्थ्य केन्द्रमा २४ औं घण्टा आकस्मिक कक्ष सञ्चालन गर्नुे तयारी गर्नुका साथै प्रभावकारी स्वास्थ्य सेवा सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले बताए । गाउँपालिकाले महिला स्वंम सेविकाहरुलाई समेत नि:शुल्क विमा गर्ने तयारी गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवाली बताउँछन् । ज्ञवालीका अनुसार– गर्भवती र सुत्केरी महिलाका लागि समेत गाउँपालिकाले नि:शुल्क पोषण खानाको व्यवस्था गरेको छ । स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण काम गरिरहेको ओमसतियाले शिक्षा क्षेत्रको समस्या पहिचान गरि सुधार अभियान शुरु गरेको छ । उपाध्यक्ष सुनिता चौधरीको संयोजकत्वमा कार्यपालिका स्तरिय शिक्षा सुधार समिति गठन गरिएको देखिन्छ । सामुदायिक विद्यालयमा शिक्षा सुधार, भौतिक पुर्वाधारको विकास, अपुग शिक्षक भएका विद्यालयहरु र गुणस्तरिय शिक्षाको विकास गर्न शिक्षा सुधार समितिलाई जिम्मा तोकिएको छ । समितिले दिएको प्रतिवेदनका आधार गाउँपालिकाले आफ्ना मातहतका विद्यालयमा काम गर्न शुरु गरेको गाउँपालिकाको सुचना शाखाले जनाएको छ । विद्यार्थी दिवा खाजाको व्यवस्था विद्यालयनै गरेको गाउँपालिकाको शिक्षा समितिले जनाएको छ । गाउँपालिकाको भु–परिषद बैठकले जग्गालाई वर्गिकरण गरि आवासीय,कृषि र व्यवसायी क्षेत्र बर्गिकरण गरेको छ । जननिर्वाचित जनप्रतिनिधिहरुको एक सय दिनको उपलब्धिका विषमा जानकारी दिदै गाउँपालिकाले कर्मचारी सुधार अभियान सञ्चालन गरिएको छ । गाउँपालिका भित्र विभिन्न शाखामा कार्यरत कर्मचारीलाई जनताको पक्षमा काम गर्न कडारुपा निर्देशन दिएको गाउँपालिका अध्यक्ष यादवले बताए । उनले काम नगर्ने र सेवाग्राही जनतालाई दु:ख दिने कर्मचारीलाई तुरुन्त कार्वाही गरिने पनि जानकारी दिए । महिला तथा बालबालिका पक्षमा समेत गाउँपालिकाले बजेट विनियोजित गरि उनिहरुको शिक्षा, स्वास्थ्य र विभिन्न सिपमुलक तालिम शुरु गरेको गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले बताईन । जिल्लाको नमुना गाउँपालिका बनाउने योजानका साथ अगाडी बढेको गाउँपालिकाले वडा स्तर देखि सुधार अभियान सूरु गरेको छ । शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र पुर्वाधार विकासमा एकमतका साथ अगाडी बढेको वडा नं. ५ का वडा अध्यक्ष मदन पोख्रेलले जानकारी दिए । जनताको जिवन स्तर माथि उठाउने र समृद्ध ओमसतियाको परिकल्पनाका साथ जनप्रतिनिधिहरु निरन्तर अगाडी बढेको पोख्रेलको भनाई रहेको छ । विविध भाषा, धर्म, सस्कृति र जातिय विविधताको संगम रहेको ओमसतियालाई विकास गर्नका लागि सवै जनप्रतिनिधिहरु सकृयपुर्वक लागेको देखिन्छ । यो सकृयता ५ बर्ष सम्म चल्नुपर्ने छ । आर्थिक भ्रष्टचार र कमाउ धन्दामा जनप्रतिनिधिहरु नलागे ओमसतिया नेपालकै नमुना गाउँपाकिा बन्ने छ । जुन यहाँका कर्मचारी, जनप्रतिनिधिहरु र जनताको हातमा देखिन्छ । यसको नेतृत्व गाउँपालिकाले गर्नुपर्ने छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.