logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    अपाङ्ग नागरिकको पक्षमा काम गर्दै ओमसतिया


    ९ असोज २०७९ , आइतबार

    अपाङ्ग नागरिकको पक्षमा काम गर्दै ओमसतिया

    पशुपती यादव

    भैरहवा,  असोज । जिल्लाको ओमसतिया गाउँपालिकाले अपाङगता परिचयपत्र वितरण सम्बन्धी कार्यक्रम गरेको छ । शुक्रवार गाउँपालिकाको सभाहलमा जनप्रतिनिधि, कर्मचारी र सरोकारवालहरुको सहभागितामा अपाङ्गता परिचयपत्र वितरण अभिमुखीकरण कार्यक्रम गरेको हो । अपाङ्गता वितरण अभिमुखीकरण कार्यक्रममा अपाङ्गता भएका प्रतिनिधिहरको समेत सहभागिता रहेको गाउँपालिकाको सुचना शाखाले जनाएको छ । अपाङ्ग ब्यक्तिहरुलाई परिचय पत्र प्राप्त गर्न सहज गराउनका लागि यो कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ । अपाङ्गता अधिकार सम्बन्धि अन्र्तराष्ट्रिय महासन्धिहरुमा नेपालले पनि हस्ताक्षर गरेको हुदा यसको पूर्ण परिपालन गराउने हाम्रो कर्तव्य भएको गाउँपालिकाले जनाएको छ । अपाङगतालाई सम्मानका साथ परिचयपत्र वितरण गर्न गाउँपालिकाले अभियान सञ्चालन गर्नुपर्ने सहजकर्ता सावित्रा घिमिरेले सुझाव दिईन । सरकारले अपाङ्गताको परिभाषा र वर्गिकरणलाई फराकिलो बनाउदै १० प्रकारको अपाङ्गताको ब्यवस्था गरिएको छ । अपाङ्गता भएका ब्यक्तिहरुलाई घर घरमै पुगेर सेवा प्रदान गर्ने गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) ले बताए । ओमसतिया गाउँपालिकाको तथा अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिकी संयोजक उपाध्यक्ष सुनिता चौधरीले ओमसतिया गाउँपालिका भित्र रहेका अपाङ्ताका सेवा सुविधाका लागि आफुहरुले काम गरिरहेको बताईन । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतम, वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश सिंह, ४ का वडा अध्यक्ष अखिलेश्वर पाण्डे, ५ का वडा अध्यक्ष मदन प्रसाद पोखरेल, अपाङ्गता समन्वय सिफारीस समितिका सदस्यहरु गंगा थापा, डा. परिवेश ज्ञवाली, रमादेवी अर्याल, अपाङ्गता भएका ब्यक्तिहरुको प्रतिनिधि सुनिल कुर्मी, साह आलम पठान,प्रशासन शाखा प्रमुख रुपा थापा,कृषि शाखा प्रमुख केशव प्रसाद चौधरी लगायतको सहभागिता रहेको थियो । सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरुले अपाङगता भएका व्यक्तिहरुको सम्मान र अधिकारका लागि आफुहरुले सधै उनिहरुको साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् । जेष्ठ नागरिक तथा विपन्न बर्ग, महिला तथा बालबालिकाको पक्षमा निरन्तर काम गरिरहेको ओमसतियाले अपाङ्गता भएको व्यक्तिको पक्षमा समेत काम गर्न सके सफल स्थानीय सरकार बन्न सक्ने छ ।
    ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.