मर्चवारको विकासमा स्थानीय सरकार प्रभावकारी
कमल रायमाझी/असलम खान
मर्चवार । रुपन्देहीको दक्षिण क्षेत्रमा पर्ने मर्चवार स्थानीय सरकार गठनसँगै फेरिँदै छ । कोटहीमाई , सम्मरीमाई र मर्चवारी गाउँपालिका रहेको यसक्षेत्र कृषिको पकेट क्षेत्रमा पर्दछ । यहाँका अधिकांश जनता कृषिमा आश्रित छन् । शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा स्थानीय सरकार गठनसँगै धेरै विकास भएको स्थानीय जनताहरु बताउँछन् । सडक विस्तार, शिक्षा र स्वास्थ्यमा सहज पहुँच देखिन्छ । यहाँका जनतामा पढनका साथै उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता धेरै मात्रामा अहिले हटेको छ । दक्षिणतर्फ भारतको सीमानामा पर्ने यी गाउँपालिकाले स्थानीय जनताको जीवनस्तर माथि उकास्नका लागि करोडाँै रकम खर्च गरिरहेका छन् । कृषिमा आधुनिकीकरण र जनताको आर्थिक वृद्धि दर माथि उठाउनका लागि स्थानीय सरकारहरु सक्रियरुपमा लागेका छन् । विकासको सुचकमा पनि मर्चवार अहिले अगाडी बढेको छ । मर्चवारमा ८५ प्रतिशत भन्दा धेरै क्षेत्रमा पुग्न सहज सडक निर्माण भएका छन् । सडकको पहुँच सहज भएपछि मानिसहरुमा आवत जावत गर्न छिटो हुने गरेको छ । पालिकाहरुले हिलोमुक्त सडक बनाउने अभियानलाई प्राथमिकतामा राखेका छन् । पुराना सडकको स्तरोन्नति र विस्तारमा समेत मर्चवारका स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने गरेको छ । नागरिकलाई टेवा पुराउनका लागि सामाजिक, आर्थिक र पुर्वाधार विकासमा पछिल्लो चरणमा भएका प्रगतीहरु मर्चवारका विकास सुचक हुन । मर्चवार लिफ्ट आयोजना यस क्षेत्रको मुख्य आयोजना हो । यो आयोजनाले मर्चवारको कृषि भूमिलाई उब्जाउमा बदल्नका लागि भुमिका खेल्ने छ । यसलाई पुर्णरुपमा सञ्चालनमा ल्याउनका लागि स्थानीय सरकारहरुले केन्द्र र प्रदेश सरकार संग अनुरोध गरेको देखिन्छ । समरीमाई गाउँपालिकाका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले आफु निर्वाचित भएसंगै गाउँपालिकाको विकास र पुर्वाधारका लागि अल्पकालिन र दिर्घकालिन योजना तयार गरि काम गरिरहेको बताउँछन् । उनले छोटा र भित्रि सडकहरु पिच गाउँपालिकाले गरिसकेको बताउँदै मुख्य दुई सडकलाई व्यवस्थापन गर्न लागेको जानकारी दिए । दुई मुहान, वेतकुइया, रोहिनीहवा, थुमुवा पिपरहवा, करौता हुदै सेमरा चोक सम्मको सडक निर्माणका लागि समेत गाउँपालिकाले आफ्नो बजेटका साथै केन्द्र र प्रदेश सरकार संग सहकार्य गरिहेको छ । अध्यक्ष श्रीवास्तवले भने, “ रामनगर, झिंगना बनगाई हुदै झगरहवा सम्मको सडक पिच गर्नकालागि पनि पहल भैरहेकोे छ । १५ बेडको अस्पताल निर्माण तथा सिचाईको व्यवस्थाका लागि समेत गाउँपालिकाले आफ्ना योजनाहरु निर्माण गरिरहेको देखिनछ । गुणस्तर शिक्षाका लागि समेत यो गाउँपालिकाले योजनाहरु अगाडि सारेको अध्यक्ष श्रीवास्तवले बताउँछन् ।
मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले मर्चवारको विकासमा जनप्रतिनिधिहरु सकृय रुपमा लागेको बताउँछन् । उनले हिजो बजेट भन्ने थाहा नपाउने मर्चवारमा अहिले सिंगदरवारको अधिकार प्राप्त गरेको छ । यहाँका स्थानीय सरकारको मुख्य प्राथामिकता सडक र कृषि हो । शिक्षा, स्वास्थ्य र पुर्वाधार विकासमा पनि स्थानीय सरकारले काम गरिरहेका छन् । मर्चवारीमा तुनिहवा देखि अमुवाको बाटो निर्माण हुने प्रकृयामा छ । मर्चवार जोड्ने मुख्य सडक बनगाई देखि खैरा सम्म टेन्डर भएर काम भैरहेको छ । यो छिटो निर्माण गरिदिनका लागि निर्माण कम्पनी समक्ष अनुरोध गर्दछु । हामी संग प्रयाप्त बजेट नभएपनि भएको बजेट सहिरुपमा यहाँका जनताको जिवनस्तर उकास्नका लागि खर्च गरिने अध्यक्ष बरई बताउँछन् । मर्चवारीमा रहेका मनराजी, अमुवा, बगौली, जनता मा.बि.लगायतका विद्यालयहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने विद्यालयमा रुपान्तरण गरिएको छ । अध्यक्ष बरईले भने, “डण्डा खोला देखि पम्पसेट मार्फत सिचाईको व्यवस्था हुदै छ । अमुवा पिएससीले स्वास्थ्यक्षेत्रमा महत्वपुर्ण जिम्मेवारी पुरा गरेको छ । अस्पताल निर्माण, सडक र पुर्वाधार निर्माणका कामहरु योजनाबद्ध रुपमा भैरहेको गाउँपालिकाको रेर्कडमा देखिन्छ । महिला विद्यालय तथा नि:शुल्क एम्बुलेन्स सेवा जस्ता काम गरेर चर्चामा आएको मर्चवारीले अस्पताल निर्माण गर्ने योजना अगाडी सारेपछि जनतामा पनि खुसीयाली छाएको छ ।
कोटई माई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले कृषि, शिक्षा, स्वास्थ्य र सडकको विकासमा आफुहरुले योजना तयार गरिरहेका भन्दै कार्यान्वयनका चरणमा प्रवेष गर्न थालेको जानकारी दिए । हिजो मर्चवार के थियो भन्ने भन्दा पनि आफुहरु आएपछि विकास र पुर्वाधारको क्षेत्रमा राम्रो हुने उनले बताए । कोटहीले अव विकासका पाइला अगाडी बढाएको भन्दै अध्यक्ष त्रिपाठीले यहाँका भोका, नाङ्गा, गरिब र असाहयका लागि समेत गाउँपालिका अभिभावक हो भन्दै कृषि र शिक्षा क्षेत्रमा महत्वपुर्ण काम गरिने जानकारी दिए ।
महामानव गौतम बुद्ध लुम्बिनीको सामिप्तामा रहेको मर्चवार क्षेत्रमो विकासमा स्थानीय सरकार सकृय बनेपनि स्थानीय जनताहरुलाई समेत विकासको अनुभुती हुने गरेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको दक्षिण भागमा रहेको मर्चवारले कृषि,व्यापार र शिक्षा क्षेत्रमा प्रगती गरेको देखिन्छ । कृषि पर्यटन तथा भारतिय सीमाक्षेत्रको सदुपयोग गर्दै समृद्ध मर्चवारको अभियान अगाडी बढानुपर्ने देखिन्छ । यसका लागि तिन पालिकाले सहकार्य तथा सहमती गर्दै प्रदेश र संघिय सरकार संग आवश्यक बजेट विनियोजित गर्ने र स्थानीय तहमा कार्यान्वयन गर्नु पर्दछ । विकासको गतिमा अगाडी बढेको मर्चवारले आगामी बर्षमा आफ्नो गती उच्च बनाउने देखिन्छ । कृषिको सुन्दर क्षेत्रको परिभाषा पाएको मर्चवारलाई अगाडी बढाउने जिम्मा पनि त्यहीका जनप्रतिनिधिहरुको हो । यहाँ बाट निर्वाचित हुने संघिय र प्रदेशमा जाने नेतृत्वले पनि मर्चवारको विकासमा स्थानीय सरकार संग सहकार्य आवश्यक छ ।