logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    मर्चवारको विकास र समृद्धीका लागि कृषि पर्यटनमा गुल्जार ल्याउ


    २७ असोज २०७९ , बिहिबार

    मर्चवारको विकास र समृद्धीका लागि कृषि पर्यटनमा गुल्जार ल्याउ

    गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र लुम्बिनी आउने पर्यटकलाई मर्चवार पुर्‍याउ
    असलम खान/लुम्बिनीखवर
    मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्र कृषि उब्जनीको प्रमुख केन्द्र हो । यहाँका अधिकासं जनता कृषि पेशामा आश्रित छन् । यहाँको परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषिमा परिणत गरि यहाँको विकास गर्न आवश्यक देखिन्छ । मर्चवारक्षेत्रलाई समग्र रुपमा कृषि पर्यटन संग जोड्न सके यहाँको कृषि क्षेत्र चलायमान हुने छ । कृषि पर्यटनको अवधारणामा मर्चवार क्षेत्रले पहल गर्ने सके यहाँको उत्पादनले पनि अन्तराष्ट्रिय क्षेत्रमा पुग्ने थियो । यहाँका राजनीति दलका नेता तथा स्थानीय सरकारले पनि कृषि पर्यटनलाई अगाडी बढाउने योजना बनाए ग्रामिणक्षेत्रमा पर्यटनको विकासले गति लिने थियो । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी र गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको सामिप्यतामा रहेको यो क्षेत्रलाई कृषि पर्यटन संग जोड्न स्थानीय निकायहरुले थालनी गर्नुपर्दछ । यहाँ हुने व्यवसायी कृषि खेती गर्नेको सख्या पनि बढ्दो छ । युवाहरु समेत कृषि क्षेत्रमा आकृर्षित हुने गरेका छन् । यसलाई व्यवस्थित गर्न सके पर्यटनको आकर्षण पनि बढ्ने देखिन्छ । लाखौको सख्यामा बिमानस्थल र पैदल मार्गबाट लुम्बिनी घुम्न आउने आन्तरिक र बाह्य पर्यटकलाई मर्चवारक्षेत्रमा भ्रमण गराउन सके आर्थिक रुपमा समेत यो क्षेत्र अगाडी बढ्ने छ । यहाँका तिन स्थानीय तह कोटही, समरीमाई र मर्चवारीले कृषिक्षेत्रमा नगदे बाली तथा खाध्यान्न उत्पादनलाई व्यस्थित र पर्यटक आर्कषणको केन्द्र बनाउने प्रयास गर्नु अहिलेको माग हो । कृषि पर्यटनको विकास गर्न सके मर्चवार नेपालको नमुना कृषि पर्यटनक्षेत्रको रुपमा अगाडी बढ्ने थियो । यहाँको युवाहरुको रोजाई पनि कृषि क्षेत्र हुने देखिन्छ । यसका लागि कृषिक्षेत्रमा संघिय सरकारले आधुनिक कृषि प्रणालीको विकास गर्न यहाँका स्थानीय सरकार संग सहकार्य गर्नुपर्ने छ । यहाँको कृषि क्षेत्रलाई आधुनिक प्रविधि र उन्नत बिउ बिजनको व्यवस्थापनमा पनि सरकारले सहयोग पुराउनु पर्दछ । कृषि पर्यटनको बिकास गर्नका लागि मर्चवारमा पूर्वाधार क्षेत्रमा विशेस गरेर गाउँमा पक्की कृषि सडक विस्तार, कृषि सिचाईको राम्रो प्रवन्ध राज्यबाट हुनुपर्दछ । ग्रामीण पर्यटकहरुलाइृ घुमफिर गर्नका लागि विभिन्न कृषि रमणिय स्थलहरुको निर्माण गर्न आबश्यकता छ । पर्यटक जहाँ पुग्दछन् । त्यहा केहि खर्चपनि गर्ने छन् । त्यहाको उत्पादन पनि खरिद गर्ने छन् । घुमफिर गर्न जाने पर्यटकहरुलाई मध्यनजर गरेर मर्चवारमा होमस्टे तथा कृषि फर्महरुको विकासमा स्थानीय सरकारले पहल गरे मर्चवारमा कृषिक्षेत्रमा आर्थिक क्रान्ति हुने देखिन्छ । मर्चवारमा अहिले यसको विकास भएको छैन । यहाँ मर्चवार अवलोकनका लागि पैदल र जिर्ण सडकहरु भएपनि भ्यु टावरहरुको स्थापना तथा पर्यटकलाई मध्यनजर गरेर स्थानीय होमस्टेहरुको निर्माणमा गर्नु पर्दछ । जहाँ पर्यटक पुगेपछि खर्चगर्ने ठाउँहरु पनि हुनुपर्दछ । मर्चवारले कृषि पर्यटकलाई जोडेर कृषि उत्पादन गर्ने भने यहाँ आय–आर्जनका लागि युवाहरु बैदेशिक रोजगारमा जानुपर्ने बाध्यता हट्ने थियो । गाउँमै रोजगारीका अवसरहरु सिर्जना हुने थिए । विभिन्न दृष्टिकोणले मर्चवार कृषि पर्यटनलाई उपयुक्त क्षेत्र मानिन्छ । यहाँका तिन गाउँपालिकाको भु–बनोटले पनि यहाँको कृषि क्षेत्र फराकिलो छ । उन्नत तरकारी खेती उत्पादन गर्न सके मात्र मर्चवारको कृषि क्षेत्र नाफामुलक बन्न सक्ने छ । मर्चवारमा अहिले सम्म निर्वाहमुखी कृषि प्रणालीलाई रुपान्तरण गरि आयमुखी र कृषि पर्यटन संग जोड्नु समयको माग हो । यसका लागि सरकारले आवश्य नीति, योजना, कार्यक्रम, रणतीति, भौतिक पुर्वाधारको विकास गर्न जरुरी छ । यहाँ कृषि पकेट क्षेत्रको विकास गर्नु पर्दछ । धान, मकै, तोरी, गहुँ मात्र नभएर ड्रागन फ्रुट, एभोगार्डो, आँप, लिच्ची, केरा, कटहर, अम्बा, कागती लगायतको फलफुल पटेकक्षेत्रको बनाउनु पर्दछ । उन्नत तरकारी खेली पकेट एरिया निर्माणमा समेत स्थानीय सरकारले पहल गर्नु पर्दछ । कृषि पर्यटनलाई योजनाबद्धरुपमा अगाडी बढाए कृषि पकेट क्षेत्रमा पर्यटकहरु निरन्तर पुग्ने गर्दछ । कृषि पकेट क्षेत्रको विकासले कृषि उत्पादनमा बृद्धि, कृषि उत्पादनका बढ्दो माग हुने छ । कृषि पर्यटनको विकास संगै मर्चवार क्षेत्रमा रहेको मौलिक संस्कृति र समाजिक सद्धभाव बलियो बन्ने छ । युवाहरु कृषि क्षेत्रमा स्वारोजगार बन्ने छन् । यहाँको माटो यहाँका युवाहरुको लागि कृषि पर्यटन संग जोड्न सहयोग पुराउने छ । यहाँ कृषि पर्यटनलाई बढवा दिनका लागि स्थानीय तहमा होमस्टको विकास संगै पर्यटकलाई खाने बस्ने सुविधा हुनु पर्दछ । यहाँको घरेलु उत्पादन पर्यटकहरुलाई व्यवस्थापन गर्नुका साथै स्थानीय उत्पादनलाई बिक्री बितरण गर्न सकिने छ । कृषि पर्यटन निजिक्षेत्रको व्यापार हो । यसले व्यक्ति तथा समुदायलाई आर्थिक रुपमा सम्पन्न बनाउने छ । यसका लागि सरकारले पर्यटकका लागि कृषि उत्पादनमा जोड र पर्यटकको गन्तव्यलाई अधिकतम उपयोग गर्नु पर्ने छ । स्थानीय सरकारले गाउँगाउँमा पदमार्ग निर्माण गर्न सहयोग गर्नु पर्दछ । कोसेली र उपहार बनाउने सीप र तालिम समेत स्थानीय जनतालाई दिनुपर्दछ । यहाँको कृषि क्षेत्रलाई व्यवसाय िबनाउने तर्फ यहाँको सरकार लाग्नु पर्दछ । खाध्यन्न तथा पशुपालन, माछापालन तर्फ यहाँका युवालाई आकर्षित गर्न स्थानीय सरकारले विभिन्न योजनाहरु आगाडी बढाउनु पर्ने छ । कृषि पर्यटन मर्चवारक्षेत्रका लागि सकारात्मक पक्ष हुने छ । मर्चवार क्षेत्रमा कृषि उपज केन्द्रको स्थापना तथा बजारीकरणका लागि केन्द्र तथा प्रदेश सरकार संग स्थानीय सरकारले सहकार्य गर्न आवश्यकता छ । यसका लागि समग्र मर्चवारको अध्ययन गरि नमूना कृषि फार्महरुको विकास गर्नु पर्दछ । कृषि पेशालाई मर्यादित र सम्मानित बनाउने र कृषि क्षेत्रमा लगानीकर्तालाई प्रोत्साहन गर्ने काम स्थानीय सरकारले गर्नु पर्दछ । सहजरुपमा मल, बिउ, अनुदान, सुलभ रुप बैंकको रिर्ण गर्न सके मर्चवारमा कृषि लगानी सुरक्षित र आकर्षित हुने छ । प्राकृतिक विपत्ति वा रोगजन्य कारणबाट हुने क्षतिबाट जोगाउन बाली तथा पशु बीमाको व्यवस्था स्थानीय सरकारले गर्नु पर्दछ । यसले व्यवसायी कृषि सुरक्षित बन्न सक्छ । कृषि क्षेत्रमा लगानी मैत्री बातावरण बनाउन सरकारले विभिन्न सहुलियत दिनु अहिलेको माग हो । भारतीय सीमा संग जोडिएको यो क्षेत्रमा कृषि पर्यटन लाई विकास गर्न सके लुम्बिनी आउने पर्यटन मात्र नभएर भारतीय पर्यटक दैनिक जसो सीमाक्षेत्रबाट यहाँको अवलोकन र घुमफिरका लागि आउने छन् । यस विषयमा मर्चवारका स्थानीय सरकारका प्रमुखहरुले सोेच्नुपर्ने छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.