logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    धकधईमा बाम गठबन्धनको चुनावी अगुवा कार्याकर्ता भेला सम्पन्न


    ३० असोज २०७९ , आइतबार

    धकधईमा बाम गठबन्धनको चुनावी अगुवा कार्याकर्ता भेला सम्पन्न

    पशुपती यादव
    रोहिणी । रुपन्देही क्षेत्र नं. १ का तोकतान्त्रिक बाम गठबन्धनको चुनावी अगुवा कार्यकर्ता भेला रोहिणी गाउँपालिकाको धकधईमा अवस्थित रहेको थर्क बहादुर रायमाझी फाउन्डेसनको हलमा कार्यक्रम सम्पन्न भएको थियो ।


    क्षेत्र नं. –१ प्रतिनिधिसभा सदस्य स्वतन्त्र उम्मेदवार लोकतान्त्रिक बाम गठबन्धनका साझा संघीय उम्मेदवार घनश्याम भूषालको चुनाव चिह्न त्रिभुज यसै गरी क्षेत्र नं. १ को दुबै पर्देश सभाका उम्मेदवार अब्दुल रज्जाक विश्वनाथ यादवलाई रुख चिन्हमा मतदान गरी अधिक मतले विजयको लागि अग्रह गरेका थिए । लोकतान्त्रिक गठबन्धन अगुवा कार्यकर्ता भेलामा भुषालले लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरुको जित सुनिस्चित रहेको बताए । यही आउने मंसिर ४ गतेको चुनाव यो अग्रगमनको लागि लडाई भएकोले प्रतिगमनलाई पस्तगरी अग्रगमनको लागि जनता जनार्दन मतदाताहरुले आफ्नो भाग आफै फैसला गर्नको लागि यो लडाईमा गठबन्धनको सानदार जित हुने बताउदै क्षेत्र बासीहरुले निर्धक्क भएर भोट हाल्न आग्रह गर्दै सो लडाईको जित सुनिस्चित रहेको बताए । दास्ता स्वीकार नहुने बताउदै भुषालले यो पटक जनता सही मूल्याङ्कन गरेर देश जनता तथा अखण्डताको रक्षा गर्न एक जुट हुनुपर्नेमा जोड दिए । अगुवा भेलामा प्रदेश सभासदस्य उम्मेदवार अब्दुल रज्जाक, प्रदेश सभा सदस्य विश्वनाथ यादव चुनाव जित्ने ढुक्क भएको बताए । बाम लोकतान्त्रिक बाम गठबन्धनका ओहादा अनुसारका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको प्रचारप्रसार विभागले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.