छ्ठ पुजाको अवसरमा लुम्बिनी संस्कृतिक नगर पालिका वडा न २ भरथापुरमा मिशन नेपालको आयोजनामा बिद्यार्थी संगठनले संस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छ। कार्यक्रममा समाजमा बितिरहेका बिकृती छुवाछूत , दाइजो प्रथा , बालविवाह , प्रथा बारे बिद्यार्थीह?को नौ जना समुहले नाटक मार्फत कार्यक्रम प्रस्तुत गरेको थिए ।

कार्यक्रमको प्रमुख अतिथी लुम्बिनी संस्कृतिक नगर पालिकाका वडा २ का वडा अध्यक्ष इनामुल्लाह फकिर कार्यक्रममा बोल्दै यस्तो कार्यक्रमले हाम्रो समाजमा छुवाछूत ,दाइजो प्रथा , बालविवाह जस्तो प्रथाको अन्त्य गर्न ठुलो भुमिका निर्वाह गर्न निकै कार्यक्रम रहेको बताउदै छ्ठ पर्वको अवसरमा सम्पुर्णमा छठ पर्वको शुभकामना व्यक्त गरेका हुन । लुम्बिनी संस्कृतिक नगर पालिका वडा न २ को सहयोगमा भएको कार्यक्रमको सञ्चालक तथा मिशन नेपालका जिल्ला संयोजक सलिम धुनियाले हाम्रो समाजमा दाइजो प्रथा ,अशिक्षाका कारण विभिन्न घटनाह? घटीरहेका छ्न तसर्थ मिशन नेपालद्दारा नाटक कार्यक्रम मर्फत वर्षौ देखि समाजमा जनचेतना मुलक कार्यक्रम गर्दै आएको आएको बताए ।