logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    स्वतन्त्र वामबुद्विजिविद्वारा घनश्याम भुसाल सहित गठबन्धनको पक्षमा मतदान गर्न अपिल


    २६ कार्तिक २०७९ , शनिबार

    स्वतन्त्र वामबुद्विजिविद्वारा घनश्याम भुसाल सहित गठबन्धनको पक्षमा मतदान गर्न अपिल

    देवदह । स्वतन्त्र वामबुद्विजिवहरूले रूपन्देही क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेद्वार घनश्याम भुसालकाे पक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।

    शनिबार रूपन्देहीको देवदहमा बसेकाे स्वतन्त्र वामबुद्विजिवहरूकाे भेलाले प्रतिनिधिसभामा भुसाल र प्रदेशतर्फ वाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउने निर्णय गरेकाे हाे ।

    एमाले अध्यक्ष केपि ओलीका कारण कम्युनिस्ट आन्दोलन धारासायी भएकाे ठहर सहित संविधान, गणतन्त्र र संघियताको रक्षाका लागि प्रतिनिधि सभामा वाम लाेकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्ने ठहर गरेकाे स्वतन्त्र वामबुद्विजिवि विष्णुप्रसाद पाैडेलले बताए ।

    भेला पाैडेलकै अध्यक्षतामा बसेकाे हाे । भेलाले संविधानमाथि अझै खतरा रहेकाले संवसधानकाे रक्षा गर्ने शक्तिलाई मत दिन समेत रूपन्देही निर्वाचन क्षेत्र न. १ का मतदातालाई आग्रह गरेकाे छ ।

    भेलामा वामपन्थी नेता तिलाेत्तमा ११ का पूर्व जनप्रतिनिधि मुक्ति चाैधरी, लेखक/वामबुद्विजिवि सिद्विचरण भट्टराई, दुर्गा पाैडेल, खडक क्षेत्री, चिरञ्जीवी काफ्ले, भिमदेव काफ्ले, थानेश्वर भट्टराई, डिबि माेक्तान लगायतले बाेल्दै देशकाे विकास र संविधान रक्षाका लागि वाम लाेकतान्त्रिक गठबन्धनलाइ विजयी गराउनुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.