logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    जेसीआई सिद्धार्थ लेडी नेपालको बर्ष २०२३ को अध्यक्षमा बञ्जाडे


    २७ कार्तिक २०७९ , आइतबार

    जेसीआई सिद्धार्थ लेडी नेपालको बर्ष २०२३ को अध्यक्षमा बञ्जाडे

    एलिना आचार्य
    भैरहवा, २७ कार्तिक । जेसीआई सिद्धार्थ लेडी नेपाल सिद्धार्थनगर शाखाको २६ औ बार्षिक शाधारण सभा तथा अधिबेसनबाट बर्ष २०२३ को अध्यक्षमा गिता गैरे बञ्जाडे निर्वाचित भएकी छिन् । शुक्रबार भैरहवाको होटल ग्राण्ड किचनमा भएको बार्षिक साधारण सभा तथा अधिबेसनबाट कार्यकारिणी उपाध्यक्षमा द्धय रागिनी जयसवाल र लक्ष्मी न्यौपाने चयन भएका हुन् । उपाध्यक्षमा मन्दिरा उप्रेती, शुष्मा बडाल, संगम खनाल, अप्सरा पाण्डे चयन भएको जेसिआई सिद्धार्थ नेपालले जानकारी दिएको छ । त्यस्तै, निर्देशक वर्षा गौरी भट्टराई, दिपा न्यौपाने, निर्विरोध चयन भएका जेसीआई सिद्धार्थको सुचना शाखाले जनाएको छ । महिला हक अधिकारको पक्षमा सधै काम गर्दै आएकी जेसिआई सिद्धार्थ लेडीले वर्ष २०२३ की अध्यक्षमा बञ्जाडेलाई निर्वाचित गरेपछि नयाँ पुस्तामा खुसीयाली देखिएको छ । वर्ष २०१६ मा जेसिआई सिद्धार्थ लेडी नेपालको सदस्य लिएकी बञ्जाडे, २०१७ मा सह कोषाध्यक्ष, २०१८ मा निर्देशक, २०१९ मा कार्यकारिणी उपाध्यक्ष, २०२० मा महासचिव, २०२१ मा तालिम संयोजक, २०२२ मा कोषाध्यक्ष हुदै वर्ष २०२३ मा अध्यक्ष भएकी हुन । उनले नगरक्षेत्रमा महिलाको पक्षमा सधै काम गर्दै आएकी छिन् । महिला हक अधिकारका साथै सामाजिक क्षेत्रमा क्रियाशिल बञ्जाडेले आगामी दिनमा सिद्धार्थनगरको समृद्धिका लागि लाग्ने अपेक्षा गरिएको छ । यहाँका गरिब दु:खी तथा असाहयको पक्षमा जेसिआई सिद्धार्थ लेडीलाई अग्रसर बनाउने जिम्मा उनको काधमा आएको छ । यो जिम्मेवारी उनले कत्तिको पुरा गर्ने हुन त्यो चाहि हेर्न बाकी छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.