logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    युवक संगठनका केन्द्रीय सदस्य कांग्रेस प्रवेश


    २७ कार्तिक २०७९ , आइतबार

    युवक संगठनका केन्द्रीय सदस्य कांग्रेस प्रवेश

    भैरहवा, २७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय सदस्य रामनवल चौहान नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ ।
    रुपन्देहीको मायादेवी गाँउपालिका वडा नम्बर ८ का बासिन्दा चौहानलाई गृहमन्त्री तथा रुपन्देही–३ मा पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालकृष्ण खाणले आइतबार साँझ पार्टी सदस्यता प्रदान गर्नुभयो ।
    चौहान खाणसँग प्रतिनिधि सभामा प्रतिष्पर्धा गरिरहनुभएका राप्रपाका उम्मेदवार दीपक बोहोराका विश्वासपात्र पनि हुनुहुुन्थ्यो ।
    चौहान राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको जिल्ला अध्यक्ष भएरसमेत काम गरिसक्नुु भएको छ ।
    उहाँसँग राप्रपाको रुपन्देही ३ मा राम्रो पकड भएका ओमकुमार कहारसहित एक सय बढी युवाहरु पनि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
    पार्टी प्रवेश गरेपछि चौहानले आफूलाई कांग्रेसको नीति, सिद्धान्त र जोजना मन परेर पार्टी प्रवेश गरेको र क्रियाशील भएर लाग्ने बताउनुभयो ।
    गृहमन्त्री र कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका खाणले चौहानलाई पार्टीले उचित जिम्मेबारी दिने बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.