logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    जेसीआई सिद्धार्थ लेडी समृद्ध समाजको अभिन्न अंग हो : अध्यक्ष बञ्जाडे


    २८ कार्तिक २०७९ , सोमबार

    जेसीआई सिद्धार्थ लेडी समृद्ध समाजको अभिन्न अंग हो : अध्यक्ष बञ्जाडे

    जेसीज भनेको के हो ?

    जेसीज भनेको एउटा व्यतित्व र नेतृत्व प्रदान गर्ने संस्था हो । यसमा आफ्नै छुटटै विद्यान ल्याएको छ । यसमा १८–४० वर्ष भएका युवाहरुलाई समेटेर बनाएको संस्था हो । यसलाई जुनियर च्याम्बर र इन्टरनेशनल भनिन्छ । यो अन्तराष्ट्रिय संस्था हो । यसको अन्तराष्ट्रिय लेभलमा नेपाल शाखा भए नेपाल शाखा भित्रको १५६ वटा शाखाहरु छन् । त्यसमध्येको जेसीज सिद्धार्थ लेडी एक हो ।

    युवाहरु जेसीजमा किन आबद्ध हुने ?

    युवाहरु १८–४० वर्षसम्मका युवाहरुलाई समेटिएको देखिन्छ । युवाहरु १८ भनेपछि स्कुल लेभल सकिएर कलेज लेभलका हुन्छन् । तिनीहरुलाई पढाईबाट छुट्टै जेसीजमा टे«निङ बाट पनि आफूले आफैलाई नेतृत्व विकासमा सहयोग पुराउछ । युवामा जोस–जागर बढी भएको हुन्छ । त्यही भित्र मानिसले सिक्ने सिकाउने त्यही त्यति नै उमेर हुन्छ । ४० वर्ष भित्रका मानिसहरुले जेसीजमा केही सिकेर ४० वर्ष पछि बल्ल समाजलाई योगदान दिन तयार हुन्छन् । सिकेका कुराहरु समाजमा ल्याएर उर्तान सफल हुन्छन् । १८–४० वर्ष का युवाहरुमा सिक्ने इच्छा गराएर ४० वर्ष कटिसकेपछि बल्ल आफूले समाजमा जेसीजबाट यो सिकेर आएको छु । योगदान दिने त्यही भएर युवाहरुलाई बढी प्रेरित गरेर हामी युवाहरु यस संस्था आबद्ध हुनुपर्दछ ।

    जेसीआई सिद्धार्थ लेडी नेपालले कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छ ?

    नेपाल जेसीज विद्यान अनुसार ४ वटा क्षेत्रमा विभाजन गरेको छ । समाजिक क्षेत्र, व्यतिगत क्षेत्र, समूदायिक क्षेत्र, अन्तराष्ट्रिय क्षेत्र हुन् । यी चार वटा क्षेत्रमा गएर काम गर्नु पर्ने हुन्छ ।

    जेसीआई सिद्धार्थ लेडी वर्ष २०२३ को लक्ष्य र कार्यक्रम के के छन् ?

    अधिवेशनबाट अध्यक्ष भएको छु । आफ्नै नगरमा केही गर्ने र नेपाल जेसीजमा केही योगदान दिनेछु । योजनाहरु निर्माण गर्न त बाँकी नै छ लक्ष्य र उद्देश्यको आधारमा कार्यक्रमहरु अगाडि बढाउछु ।

    जेसीआई सिद्धार्थ लेडीको २ वटा समिति देखिन्छ, कारण के हो ?

    हामी नेपाल जेसीजको शाखा भएको हुनाले त्यसको स्थान अनुसार नै चल्नुपर्ने हुन्छ । उहाँले १८–४० वर्ष अन्तराष्ट्रिय जेसीजले तोकेको हुनाले हामीले ४० वर्ष भित्रकै अध्यक्ष उपस्थिति हुनुपर्ने हुन्छ । यदी कसैले बाधा व्यवधान आएन भने स्वीकार हुन्छ । दर्ता मुद्धा गरि सकेपछि व्यापकरुपमा कानुन अनुसार हामी चल्नु पर्दछ । यहाँले सोध्न खोज्नु भएको विषयमा के प्रष्ट हुनुपरेयो भने सत्य र तथ्यमा हामी बाहेकको आधिकारिक जेसिआई सिद्धार्थ लेडी अरु छैन । केहि व्यक्तिले प्रचार गरेको हामी सुनिरहेका छौ । नेपाल जेसिजले हामीलाई मान्यता दिएकाले अन्य व्यक्ति वा संस्था प्रति हाम्रो भन्नु केहि छैन । सिद्धार्थनगरमा नेपाल जेसिज संग आवद्ध जेसिआई सिद्धार्थ लेडि हामी मात्र एक हो । दुई वटा शाखा छैनन् । एउटै शाखा हो । हामी आवद्ध जेसिज बिधि र विधान सम्वत छ ।

    अन्त्यमा लुम्बिनीखबर मार्फत केही भन्न चाहानु हुन्छ ?

    जेसीज एउटा नगरको संस्था होइन । जेसीज सिद्धार्थ लेडी नेपाल पनि जेसीजकै एउटा शाखा हो । नेपाल जेसीजले हामी छुट्टै तिमी त्यो नगरको हो भन्ने त्यस्तो केही पनि होइन । हाम्रो अन्तराष्ट्रिय शाखा हो । जसमा नेपाल जेसीज नै हो । उहाँको विधान अनुसार हाम्रो विधान पनि हो । आ– आफ्नै सहुलियत अनुसार हाम्रो विधान अलिकति फरक छ । हाम्रो विधान नेपालकै जेसीज विधानकै अन्तर्गत गर्नुपर्ने भएकोले हामी त्यही अनुसार अगाडि बढ्दछौ । जेसीआई सिद्धार्थ लेडी यहाँ शाखा हो । हिजोको दिनमा के थियो थाहा भएन तर आजको दिनमा एउटै संस्था हो । जेसीज सिद्धार्थ लेडी सिद्धार्थनगरको पहिलो र पुरानो महिला संस्था हो । त्यसलाई विश्व नामकरण गरेर सिद्धार्थ लेडी भएको हो । पहिलो स्थापनामा सिद्धार्थ महिला जेसीज थियो बीचमा अलिकता नाम परिवर्तन जेसिआई सिद्धार्थ लेडी भएको हो । नेपाल जेसीज नै अनुमति दिएर परिवर्तन गरिएको हो ।
    प्रस्तुती : लुम्बिनीखबर

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.