अन्जना चौहान
रुपन्देही । नेकपा एमाले परित्याग गरी ५० भन्दा बढी युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
सोमबार साँझ सियारी गाँउपालिका वडा नम्बर ६ सर्जुगञ्जमा आयोजित कार्यक्रममा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पार्टी प्रवेश गर्ने युवाहरुलाई पार्टी सदस्यता प्रदान गरेका हुन ।
अभिषेक शर्मा, गोकुल भण्डारीसहितका ५० भन्दा बढी युवाहरु कांग्रेस प्रवेश गरेका हुन् ।
युवाहरुलाई पार्टी प्रवेश गराउँदै रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वारसमेत रहेका खाणले पार्टीमा क्रियाशील भएर लाग्ने युवाहरुलाई उपयुक्त जिम्मेवारी दिइने बताए । गणतन्त्रलाई संस्थागत गर्न र गणतन्त्रात्मक व्यवस्थामा नागरिकको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धन बनाएर निर्वाचनमा होमिएको बताए।