logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    खाणलाई जिताऊने अग्रहरी सेवा समाजको घोषणा


    २५ कार्तिक २०७९ , शुक्रबार

    खाणलाई  जिताऊने अग्रहरी सेवा समाजको घोषणा

    भैरहवा, २५ कार्तिक ।
    अग्रहरी सेवा समाज रुपन्देहीले आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभामा पाँच दलीय गठबन्धनका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणलाई मतदान गर्ने बताएको छ ।
    समाजले शुक्रबार भैरहवामा कार्यक्रम गरेर प्रतिनिधि सभामा खाण र प्रदेश सभा ३ क मा गठबन्धनकै उम्मेद्वार सन्तोष पाण्डेलाई मतदान गर्ने घोषणा गरेको हो ।
    कार्यक्रममा संस्थाका अध्यक्ष सियाराम अग्रहरीले मुलुकमा गणतन्त्र र संघीयतालाई संस्थागत गर्न तथा आमनागरिकको र उद्योगी व्यापारीले भोग्दै आएको समस्या समाधान गर्न खाणबाहेक अरुले नसक्ने निष्कर्षसहित मतदान गरेर प्रतिनिधि सभा सदस्यमा विजयी गराउने बताउनु भयाे ।
    उहाँले भैरहवा र सिङ्गो रुपन्देहीको विकासमा अहिलेसम्म खाणको योगदान अतुलनीय रहेको र आगामी दिनमा त्यही विकासलाई निरन्तरता दिन खाणलाई मतदान गर्ने निष्कर्ष सुनाउदा हल तालीले गुञ्जायमान भएको थियो । खाण निर्वाचित भएर गएपछि आफूहरूले भोगिरहेका समस्या समाधान गर्न पहल कदमी लिनेमा आफूहरू आशावादी रहेको पनि बताउनुभयो ।
    प्रतिनिधि सभा सदस्य उम्मेदवार खाण र प्रदेश सभा ३ क का उम्मेदार पाण्डे पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।
    कार्यक्रममा गृहमन्त्री खाणले नागरिक, उद्योगी, व्यवसायी, मजदुर, किसान सबैले भोग्नुपरेका समस्या समाधान गर्न लागिपर्ने बताउनुभयो । नागरिकको सुख दुःखमा आफू सदैव साथमा रहने उहाँले बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.