अन्जना चौहान
लुम्कबिनी ।कपिलवस्तु शुद्धोधन गाउँ पालिका वडा न ३ मा सात पुस्ता देखि बसोबास गर्दै आएका सनोज नाटुवाले आफू सहित १५० जनाले निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छ्न ।
विगत निर्वाचनमा हामीले मतदान नगरेको र मंसिर ४ गते हुने प्रतिनिधि प्रदेश सभा चुनावमा पनि मतदान नगरने निर्णय गरेको सनोज नाटुवाले बताए ।
विगत सात पुस्ता देखि वासोवास गर्दै अएका नटुवा समुदायले स्थानीय सरकार देखि केन्द्रिय सरकारको सेवा सुविधा बाट बन्चित रहेको छ ।
स्थानीय सरकार देखि केन्द्रिय सरकार समेतले झुठो आश्वासन दिदै आएको राजु नटुवाले बताएका छ्न ।
नेपाल सरकारले हामी भन्दा माथी जातीका पत्थर कट्ट भने जातीलाई समाजिक भत्ता मासिक २ हजारका दरले वितरण गरेको छ तर हामी पत्थर कट भन्ने जाती शीत दलित जाती भएपनि हाम्रो समुदायलाई सरकारले कुनै सेवासुविधा नदिएको बताएका छ्न ।
उनले भने, हामी पनि मान्छे हो हामी पनि नेपालको नागरिक हो , हामीलाई पनि मगन्ते भएर बस्ना लाज लाग्छ खेतीपाती न भएका कारण अरु कुनै विकल्प पनि छैन आर्थिक अवस्था कमजोरीका कारण भिक माग्न परेको छ ।
स्थानीय सरकारले खाने पानीको सुविधा नदिएको खाने पानीको समेत अभाव रहेको नटुवा समुदायले बताएको छ।