logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    सत्तापक्ष नै आचारसंहिता उल्लंघनमा, रुपन्देहीमा आठजनालाई स्पष्टीकरण सोध्दै


    २५ कार्तिक २०७९ , शुक्रबार

    सत्तापक्ष नै आचारसंहिता उल्लंघनमा, रुपन्देहीमा आठजनालाई स्पष्टीकरण सोध्दै

    अन्जना चौहान

    लुम्बिनी । सत्ता पक्ष ६ दलिय गठबन्धनका रुपन्देही ५ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका भरत शाह, सोही क्षेत्रबाट प्रदेश सभा (ख) का उम्मेदवार नेपाली कांग्रेसका फाकरुद्दीन खानलाई रंगीन पोस्टर टाँसेको, पाँचदलीय गठबन्धनको समर्थनमा उम्मेदवार बनेका रुपन्देही २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले कलर भिजिटिङ कार्ड वितरण गरेकोमा समितिले स्ष्टीकरण सोधेको हो ।

    रुपन्देही ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हाम्रो नेपाल पार्टीका भीष्मकुमार राना र रुपन्देही ३ जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रमोदकुमार राउत , प्रदेशसभा (क) का सलाउद्दीन आलमलाई लिखित स्पष्टीकरण सोधिएको आचारसंहिता अनुगमन समिति रुपन्देहीका संयोजक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।

    रोहिणी गाउँपलिकाले कुस्ती प्रतियोगिता गराई पुरस्कार वितरण गरेको भन्दै पालिका प्रमुख र प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधिएकोमा जवाफ आइसकेको छ । चार वटा लिखित उजुरी र सूचनाको आधारमा एक स्थानीय जनप्रतिनिधि, एक प्रशासकीय अधिकृत र ६ उम्मेदवार सबैलाई बेग्लाबेग्लै पत्र समितिले पठाएको छ। आचारसंहिता उल्लंघन भए कारबाही प्रक्रिया अघि बढाइने समितिले जानकारी दिएको छ ।

    आचारसंहिता उल्लंघन गर्नेमा नेपाली कांग्रेस नै अगाडि रहेको छ । अरु उम्मेदवार पनि त्यसैलाई आधार बनाएर गरिरहेका छन् । सबैलाई दायरामा ल्याउन समिति लागे पनि सोचेअनुरूप कारबाही गर्न नसकिएको समितिका एक सदस्यले जानकारी दिए । ‘हामीले कसैलाई काखा कसैले पाखा गर्न मिल्दैन फोनमार्फत धेरै उजुरी आएको छ, प्रशासनबाट पनि अझै केही समय पर्खौ भन्ने कुरा आएको छ,’ उनले भने ।

    व्यानर लगाएर डिजे बजाउने, बालिका नचाउने, कार्यपालिका पदभधिकारी र सदस्यहरू प्रचारमा हिँड्ने, चुनाव चिन्हसहित चकलेट बाँड्ने, पोस्टर तथा ठूल्ठूला व्यानर लगाउने, आक्षेपपूर्ण अभिव्यक्ति दिने, भोजभतेर, अनुमतिविना सवारीसाधन चलाउने, झण्डा राख्ने जस्ता गतिविधि अधिकांश सत्ता पक्षकै गठबन्धनबाट भइरहेको उजुरी परेकाे छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.