logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सडक दुर्घटनाले विकराल रुप लिदै


    १५ मंसिर २०७९ , बिहिबार

    सडक दुर्घटनाले विकराल रुप लिदै

    एलिना आचार्य

    सडक दुर्घटनाका कारण वर्षेनी लाखौ नेपालीहरुले अनाहकमा ज्यान गुमाईरहेको अवस्था छ । ४४ लाख भन्दा बढी जनसङख्या रहेको लुम्बिनी प्रदेशमा पनि दुर्घटनाको दर बढ्दै गएको देखिन्छ । लुम्बिनी प्रदेश टा«फिक प्रहरी कार्यालयको तथ्याङ्खकले पुष्टि गरेको छ ।
    प्रदेश टा«फिक प्रहरी कार्यालयको तथ्याङ्खक अनुसार प्रदेशका १२ वटै जिल्लाको समग्र हेर्दा आर्थिक वर्ष २०७६/७७ मा १ हजार १ सय २२ सवारी दुर्घटना भएका छन् । जसमा कुल ४ सय ८३ जनाको मृत्यु भएको छ भने, १ सय ५४ जना गम्भीर घाइते भएका छन् ।
    त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा १ हजार २ सय ११ सवारी दुर्घटना भएका छन् । जसमा ५ सय २६ जनाको मृत्यु भएको छ भने, १ हजार ८३ गम्भिर घाइते भएका थिए ।
    त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा १ हजार १ सय ६४ सवारी दुर्घना भएको थियो जसमा मृत्यु हुनेको सङ्ख्या ५ सय ५१ रहेको छ भने गम्भिर घाइते हुनेको सङख्या १ हजार १ सय २३ रहेको छ ।
    आर्थिक वर्ष २०७९/०८० श्रावण १ गते देखि कार्तिक मसान्त सम्म मात्र ४ महिनामा जम्मा ३ सय २ सवारी दुर्घटना भएका छन् । जस्मा १ सय ६५ जानले ज्यान गुमाएका छन् भने २ सय ७५ गम्भिर घाइते भएका छन् ।

    प्रदेशको त्री वर्षीय तथ्याङ्ख हेर्दा प्रदेशमा कुल जम्मा ३ हजार ७ सय ९९ सवारी दुर्घटना भएको देखिएको छ । जसमा कुल १ जार ७ सय जनाको मृत्यु भएको छ भने ३ हजार ५ सय ५५ गम्भिर घाइते भएका हुन् ।
    पहिलोमा रुपन्देही
    सदरमुकामको रुपम विकसित भइरहेको रुपन्देही जिल्लामा दुर्घटना बढ्दै गएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्खले देखाएको छ । रुपन्देहीमा आर्थिक वर्ष २०७६/७७ मा मात्र २४२ सवारी दुर्घटना भएको देखिएको छ । भने आर्थिक वर्ष २०७७/७८ मा २६१ सवारी दुर्घटना भएको देखिन्छ त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा भने १ हजार १ सय ६४ सवारी दुर्घटना भएको उल्ल्लेख गरीएको छ ।
    लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार रुपन्देही पछि दाङ्खमा दुर्घटना हुने देखिएको छ ,चालु आर्थिक वर्ष २०७९ साउन महिनाको १ गते देखि कार्तिक मसान्त अर्थात मात्र चार महिनामा मात्रै ७७ वटा सवारी साधन दुर्घटना भइसकेका छन् । जसमा ३८ जनाको मृत्यु भएको छ भने ६१ जना साधारण घाइते भएका छन्
    दोस्रोमा दाङ
    आर्थिक वर्ष २०७६/७७ मा दाङ्खमा १ सय ९३ सवारी दुर्घटना भएका छन् । भने आर्थिक वर्ष २०७७/७८ मा २ सय १२ सवारी दुर्घटना भएका छन् त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा केही ६५ रहेका छ भने २०७९ कार्तिक मसान्त सम्म ४३ सवारी दर्घटना भएका छन् ।
    नेपालमा हरेक वर्ष दुर्घटनाका घटना बढ्दै गएको छ ।
    मंसिर २ तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित जानकीनगरमा पत्रकार नरबहादुर कंडेलको मोटरसाइकल दुर्घटना परी निधन भयो । गत कार्तिक १४ गते ३ जनाको ज्यान जाने गरी ओमसतिया गाउँपालिकामा दुर्घटना भयो ।
    रोहिणी गाउँपालिका– ३ का अजयकुमार चौधरी बा ८ च ६५३२ नम्वरको टाटा इण्डिका कारको ठक्करबाट ओमसतिया– ४ पननीका २८ वर्षकी परमशीला कुर्मी, १४ वर्षकी सीमा कुर्मी र २ महिनाका श्रीराम कुर्मीको मृत्यु भएको थियो । यस घटना घटाउने सवारी चालक चौधरी अहिले थुनामा छन् ।
    जसमध्य ३८ जनाको मृत्यु भएको छ भने ६१ जना साधारण घाइते भएका छन् । आर्थिक वर्ष २०७८–७९ मा ८५ वटा सवारी दुर्घटना भएको देखिएको छ । जसमा ३१ जनाको मृत्यु भएको छ भने ८१ जना गम्बिर घाइते र २४ जना साधारण घाइते भए ।
    लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र थापाले दुर्घटना हुनुको प्रमुख कारण चालकको लापरवाहीका राण् हुने गरेको बताए । उनले भने,“लेन अुनसाशनको पालन नगर्नु र तिब्र गती नै दुर्घटना बढ्नुको कारण हो ” । सडकमा राखिएका सिसिटीभि क्यामेराहरुले काम नगरेका कारण पनि कतिपय अवस्थामा पिडकलाई पक्राउ गर्न पनि ढिलाई हुने अवस्था रहेको बताए ।
    राज्यले ट्रािफक शिक्षाबारे सर्वसाधरणलाई जानकारी दिन नसकेको र सडकको जिर्ण अवस्थाका कारण दुर्घटना बढ्दै गएको सवारी चालक गोविन्द घिमिरे बताए । बुटवल भैरहवाको सिक्स लेन सडकमा राखिएका पोलमा बत्ती नबल्नाले पनि रात्रीकालीन समयमा पैदल यात्री देख्न नसक्नुले पनि दुर्घटना निम्त्याउने घिमिरेको भनाई छ ।
    सवारी दुर्घटना हुनुका मुख्य कारणहरु यान्त्रिक गडबढी, तिब्र गती , सडकको अवस्था, लेन अनुशासन आदि हुने गरेको पाइएको तर पटक पटक यस विषयमा आवाज उठीरहेको भएता पनि, राज्यले यसको न्यूनिकरणका लागि प्रभावकारी भूमिका खेल्न नसकेको लुम्बिनी ट्रक यातायात व्यवसायी संघका दुर्घटना इन्चार्ज सन्जिब काफ्लेले बताए । मन्त्रालयमै थन्किएको नियमावली
    सडक दुर्घटनामा गम्भीर घाइते भएका धेरैजसो आजीवन अशक्त बन्न पुग्छन्न् । दुर्घटनामा विशेषत: आर्थिक रूपले सक्रिय जनसंख्या पर्ने भएकाले यो क्षतिले देश, समाज र परिवारलाई नै असर पुर्‍याइरहेको छ ।
    यति संवेदनशील विषय हुँदाहुँदै सडक सुरक्षा र दुर्घटना न्यूनीकरण राज्यका निकायको प्राथमिकतामा परेको छैन । कतिसम्म भने, सम्बन्धित निकाय नै सडक सुरक्षामा गैर जिम्मेवार देखिने गरेका छन ।
    व्यावसायिक सवारी चालक अनुमतिपत्रलाई व्यवस्थित गरी सार्वजनिक लगायत समग्र यातायात संंचालनलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यले यातायात व्यवस्था विभागले ‘व्यावसायिक सवारी चालक अनुमतिपत्र सम्बन्धी नियमावली’ को मस्यौदा बनाएको थियो ।
    अन्तत: त्यसै वर्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेपछि नियमावली पारित भयो । नियमावली कार्यान्वयनमा ल्याउन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्नुपथ्र्यो ।
    नियमावलीमा दुवै वा एक कान नसुन्ने, उच्च वा निम्न रक्तचाप, मुटु रोग, मनोवैज्ञानिक रूपमा अस्वस्थ भएको सहितका १२ प्रकारको स्वास्थ्य र शारीरिक स्थिति ठीक नभएका व्यक्तिले व्यावसायिक सवारी चालकको अनुमति नपाउने व्यवस्था गरिएको छ ।
    साधन चलाए व्यावसायिक सवारी चालक अनुमतिपत्र खारेज गर्ने तथा नवीकरण नगर्ने व्यवस्था गरिएको छ ।यस्तै, सवारी साधन चलाउँदा धूमपान तथा मोबाइल फोन प्रयोग गरेमा, पैदलयात्रु वा सवारी साधनभित्रका यात्रुलाई असुविधा हुने गरी सार्वजनिक स्थलमा सवारी साधन रोकेमा वा छोडी हिंडेमा, रुट इजाजत नभएका ठाउँमा यात्रु वा मालवस्तु ओसारपसार गरेमा पनि अनुमतिपत्र खारेज गर्ने वा नवीकरण नगर्ने राम्रा प्रावधान नियमावलीमा समेटिएका छन् । तर अहिले पनि दुर्घटनाको दर भने घट्न सकिरहेको अवस्था छैन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.