logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    १६ दिने महिला हिंसा विरुद्ध अभियान


    १५ मंसिर २०७९ , बिहिबार

    १६ दिने महिला हिंसा विरुद्ध अभियान

    अन्जना चौहान
    लुम्बिनी मंसिर । सिरहाको लहानमा ३१ औ लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सिरहाको लहानमा सुरु भएको छ । सभ्य समाजको पहिचान लैङ्गिक हिंसा महिला हिंसा विरुद्ध अभियान मुल नाराको साथ कार्यक्रम सुरु भएको छ । महिला हिंसा न्यूनीकरणको लागि सिरहा लहानमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लहान नगरपालिकाले आयोजना गरेको कार्यक्रममा हजारौ महिला अधिकार कर्मीहरुको उपस्थिति रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समेत रहेको शाखाका प्रतिनिधि शाहले जानकारी दिए । महिला अधिकारकर्मी तथा महिला, बालबालिका शाखा संयोजक आशा कुमारी महतोको अध्यक्षतामा ससुुरु भएको यो कार्यक्रममा लहानका नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरी रहनु भएको थियो । भने विशिष्ट अथितिको रुपमा नगरपालिकाका उपप्रमुख तथा न्यायीक  समितिको संयोजक रामचलितर महतो रहनु भएको थियो ।
    कार्यक्रममा स्वागत मनतब्य महिला अधिकार कर्मी तथा आरेक नेपालका प्रतिनिधि नितु बछारले राखेका थिए ।देशमा हुने गरेको महिला हिंसा न्युनीकरण गर्नका लागि हजारौको संख्यामा महिलाहरुले नगर भरी रैली प्रदर्शन गरि महिला हिंसा बन्द गर, महिलाको अधिकार सुनिश्चित गर, महिलामाथि गरेको अत्याचार बन्द गर आदि लगायतका नारा लगाउदैँ प्रदर्शन गरेका थिए ।
    नगरप्रमुख चौधरीका अनुुसार देशमा महिला हिंसा पुरुष भन्दा महिला बाटै हुने गरेको भन्दै महिला हिंसाको मुल जरा महिला नै रहेको बताए । न्यायीक समितिका संयोजक महतोका अनुुसार अशिक्षाको कारण दिनदिन महिला हिंसाको घटना बढ्दै गएको बताए । हिंसा न्यूनीकरण गर्न लहान नगरपालिका समेत यँहाहरुको साथ र सहयोग गर्ने बताए । महिला हिंसा विरुद्धको अभियान निरन्तर १६दिन सम्मा जारी रहने बिश्वकर्मा र शर्मिला पोखरेलले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.