पशुपति यादव
रोहिणी मंसिर । ओमसतिया गाँउपालिका वार्ड न. ३ मा अवस्थित श्री राम जानकी लोहरौली आश्रम (कुटीमा) श्री राम सीता विवाह महोत्सव कार्यक्रम राम जानकी मन्दिर व्यवस्थापन समितिको आयोजनामा धार्मिक प्रगतिशील विवाह सम्पन्न भएको छ ।
जनकपुर जानकी मन्दिरमा परम्परागत वरवधु सीता रुपीबेहुलालाई एक पवित्र विवाह सम्पन्न गरी ऐतिहासिक कार्यलाई जोगाउने जनकपुरको ऐतिहासिक विवाह महोत्सव पछिको दोस्रो महोत्सव ओमसतिया गाँउपालिका वार्ड नं. ३ लोहरौली मन्दिरमा २७ वर्ष देखि गरीब विपन्न दाईजो मुक्तसमाज रुपान्तरणका लागि श्री राम सीता विवाह महोत्सव कार्यक्रम संञ्चालन गर्दै आईरहेको सामाजिक मन्दिरका श्री श्री १०८ बाबा बिश्वनाथ महाराजले जानकारी दिए ।
यस बिवाह महोत्सवमा थारु समुदायको एक जोडी धार्मिक प्रगतिशील विवाह सम्पनन भएको थियो ।
धार्मिक प्रगतिशील विवाहका अनुयायीहरुको हजारौको संख्यामा उपस्थीत भई दान दक्षिणा दिई वरबधुलाई आर्शिबाद दिई धार्मिक विवाह सम्पन्न भएको व्यवस्थापन समितिका अध्यक्ष डराइबर थारुले वताए ।
ओमसतिया वार्ड नं. ३ फर्साटिकर निवासीका बेहुलाले भनेको एक पवित्र सुत्र बन्धनमा बाधनु नै हो । तामझाम बाजागाजा भन्दा हजारौं प्रगतिशील विवाहका अनुयायीहरु मेरो विवाहको साक्षी तथा जनप्रतिनिधिहरुको उपस्थितिमा म आफै उदाहरण बनी समाजलाई बदलिदो युगको दाईजो मुक्त खर्च विनाको समाजलाई सुहाउदो धार्मिक विववाह गरेको रामजानकी मन्दिरको परिसरमा धार्मिक हिसाबले श्री रामचन्द्र भगवान सीता माता समेतलाई साक्षी राखी विवाह गरेको बेहुला राहुल थारुले लुम्बिनीखबर संग भने ।
राहिणी गाँउपालिका वार्ड नं ६ चम्कीपुर बीर्ता निवासी (मन है चङ्गा कठौतीमे गंगा) भन्दै ताम झाम बाजागाजा पडाका पटकाएर धेरै भन्दा धेरै खर्च गरे पनि महत्व खाली जोडा जोडी र सिन्दुरको नै हुुन्छ ।
सीता स्वयम्बरको आयोजनामा विवाह हुदैं स्थानीय सरकार प्रतिनिधि , प्रदेश सरकार प्रतिनिधि, पत्रकार, सामाजिक अभियानता, महिला अधिकार कर्मी र राम सीता स्वयम्बरका अनुयायीहरुको उपस्तिथिमा विवाह हुदाँ आफुलाई भाग्यमानी ठानेकी वेहुली बिष्नु कुमारी थारुले जनाईन् ।
कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र न. १(ख) नव निर्वाचित प्रदेश सभा सदस्य पूर्व राज्यमन्त्री अब्दुल रज्जाक विवाह महत्सवको ऐतिहासिक मान्यता एवम् मर्यादालाई स्थापीत गदैं अगाडि बढनुसरहनीय रुपान्तरण हुुन जरुरी भएको बताए ।
ओमसतिया गाँउपालिकाका अध्यक्ष मन्जीत यादव (सोनु) उपाध्यक्ष सुनिता चौधरी ओमसतिया गाँउपालिका ३ का वार्ड अध्यक्ष प्रकाश सिहं थारु पूर्व वार्ड अध्यक्ष चन्नर प्रसाद गुञ्जा कुमारी चौधरी गीता पासी तिल कुमारी जोगी भगवान प्रसाद चौधरी फोटो मुसलमान श्री श्री १०८ बाबा बिश्वनाथ महराजको अध्यक्षतामा प्रकास सिंह थारुको स्वागतमा कार्यक्रम सीता विवाह महत्सव कार्यक्रम सम्पन्न भएको हो